Websoft University

www.radiomakalu.com || 021-522512


ला लिगामा एथ्लेटिको मड्रिडको शानदार जित

athletico-madrid

स्पेनिस प्रिमियर लिग ला लिगामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा एथ्लेटिको मड्रिडले स्पोर्टिङ गिजोनमाथि ५-० को शानदार जित हासिल गरेको छ ।

लिगको सुरुवाती दुई खेलमा बराबरीको नतिजा निकालेपछि आलोचित बनेको एथ्लेटिकोले ठूलो अन्तरमा जित हासिल गर्दै लयमा फर्केको संकेत गरेको छ ।

घरेलु मैदानमा स्टाडियो भिन्सेन्टेमा एथ्लेटिकोका एन्टोइन ग्रिजम्यानले खेल सुरु भएको दोस्रो मिनेटमै टोलीलाई अग्रता दिलाएका थिए । पाचौं मिनेटमा गामिरियोले एथ्लेटिकोको अग्रता दोब्बर बनाए ।

३१औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा एथ्लेटिकोले ३-० को अग्रता लियो ।

दोस्रो हाफमा उसले थप दुई गोल गर्न सफल भयो । दुवै गोल भेट्रान स्ट्राइकर फर्नाण्डो टोरेसले गरेका थिए । उनले ७२औं र खेलको इन्ज्यूरी समयमा गोल गरेका थिए ।

जितसँगै लिगको चार खेलबाट आठ अंक जोडेको एथ्लेटिको चौथो स्थानमा उक्लिएको छ । गएरातिनै सम्पन्न खेलमा मालागालाई १-० ले हराएको ला पाल्मास लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget