Websoft University

www.radiomakalu.com || 021-522512


५१ जनाको मृत्यु हुनेगरी टर्कीमा विष्फोट गराउने १२ बर्षे बालक !

५१ जनाको मृत्यु हुनेगरी टर्कीमा विष्फोट गराउने १२ बर्षे बालक !
काठमाडौं, भदौ ६ । टर्कीमा आत्मघाती विष्फोट गराई ५१ जनाको हत्या गराउने १२ देखि १४ वर्षको बालक रहेको दावी गरिएको छ ।

टर्किस राष्ट्रपति रिसेप तैयम अर्दोगानले यस्तो दावी गरेका हुन् । यसअघि उनले घटनामा आईएसको हात रहेको बताएका थिए ।

टर्कीको गाजिआनटेप शहरमा विवाह समारोह चलेको स्थाननजिकै गराइएको आत्मघाती विष्फोटमा ५१ जना मारिनुका साथै करीब ७० जना घाइते भएका थिए ।

सिरियाको सीमादेखि करिब ६४ किलोमिटर टाढा रहेको यस शहरमा मूख्य गरी कुर्दिस समुदाय रहने गर्दछन् । टर्कीमा पछिल्लो समय पृथकतावादी कुर्द लडाकू र आईएसबाट बारम्बार आक्रमण हुने गरेको छ । -एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget