Websoft University

www.radiomakalu.com || 021-522512


नुहाउन गएका तीन बालबालिकाको डुबेर सबैको मृत्यु

सुनसरी, भाद्र ८ गते  ।   सुनसरी को अमडुवा गाविस-९ स्थित रहेको पोखरीको पानीमा डुबेर मंगलबार दिउँसो तीन बालिकाको मृत्यु भएको छ। 

Image result for drowning


स्थानीय जनता प्राथमिक विद्यालयको नजिक रहेको पोखरीमा नुहाउन गएका बेला तीन बालिकाको डुबेर एकसाथ मृत्यु भएको स्थानीय शतेन्द्र मेहताले जानकारी दिए। गर्मी छल्न पोखरीमा नुहाउन गएको बेला स्थानीय ११ वर्षीया करुणा उराव, १३ वर्षीया दिपीका उराव र सोही ठाउँकी १० वर्षीया नन्दनी उरावको डुबेर मृत्यु भएको मेहताले बताए। 
यता तीनै बालिकाको एक साथ डुबेर मृत्यु भएको पुष्टि गर्दै सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले शव परीक्षणका लागि ल्याउन प्रहरी टोली साँझ घटनास्थलतर्फ पठाइएको जानकारी दिए। 
उपरीक्षक पोखरेलका अनुसार तीनै बालिका स्कुल बिदा भएको बेला नुहाउन गएको र निकै बेरसम्म फर्केर नआएपछि खाज्दै जाँदा उनीहरु मृत फेला परेका हुन्। 
उनीहरुको परिवारजनका अनुसार गर्मी भएकाले विद्यालय छुट्टी भएपछि घरबाट निस्केको र खोज्दै जाँदा मृत भेटिएको हो। घटना भएपछि स्थानीय शोकमा डुबेका छन् भने परिवारजनमा रुवाबासी भएको छ। रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget