Websoft University

www.radiomakalu.com || 021-522512


कमल थापा र विजय गच्छदारलाई सरकारमा ल्याउन प्रचण्डले हामीलार्इ बेवास्ता गरे : मोर्चा

 
 
काठमाडौं , साउन १९ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई सरकारमा सहभागी गराउन आफूहरुलाई बेवास्ता गरेको आशंका गरेका छन् ।
दिनभर भएको वार्तामा पनि सहमति पत्रमा हस्ताक्षर हुन नसकेपछि बुधबार विहान बस्ने बैठकमा निर्णायक छलफल गर्ने र सहमति कायम हुन नसके प्रचण्डलाई मतदान नगर्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले जानकारी दिए ।
प्रमुख दलहरुबीच कुरा नमिल्दै हतार हतारमा समर्थकमा हस्ताक्षर गराएको मोर्चाको आरोप छ ।
मंगलबार बेलुकासम्म भएको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लिखित सहमति नहुँदासम्म प्रचण्डलाई मतदान गर्न नसकिने बताएका थिए ।
“प्रधानमन्त्रीमा प्रचण्डको एउटा मात्रै उमेदवारी परेपछि उहाँहरुले कमल थापा र विजय गच्छदारलाई सरकारमा ल्याउन हामीलाई बेवास्ता गर्नुभएको हो,”बैठकमा सहभागी एक नेताले भने,“यदि त्यो हो भने प्रचण्डले ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ ।” दिउसो भएको तीन बुँदे सहमतिमा मोर्चाका तर्फबाट दुई वटा बुँदा थप गर्न आग्रह गरिएको थियो । मधेस आन्दोलनका बेला भएको ११ बुँदे सहमति र गठबन्धनको २६ बुँदे मागमा रहेका संविधानसँग सम्बन्धित विषय राजनीतिक सहमतिमा आधारमा संविधान संशोधन गर्ने र मधेस आन्दोलनमा मारिएका व्यक्तिलाई सहिद घोषणा, परिवारलाई क्षतिपुर्ति लगायतका विषय पनि लिखित प्रतिवद्धता मोर्चाले खोजेको छ ।
“हामी विहान अन्तिम छलफलमा जुट्छौं,” यादवले बाह्रखरीसँग भने,“लिखित सम्झौता हुन नसके प्रचण्डलाई भोट दिँदेनौं ।”

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget