Websoft University

www.radiomakalu.com || 021-522512


पूर्वराष्ट्रपति यादवलाई १० लाख उपचार खर्च दिने सरकारको निर्णय

Rambaran-Yadav

काठमाडौं, साउन ३१ गते । सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई १० लाख उपचार खर्च दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद बैठकले साउन २१ गते नै यो निर्णय गरेको पाइएको छ । तर, सरकारले बाहिर ल्याएको थिएन ।

पूर्वराष्ट्रपति यादवलाई भारतको चण्डीगढस्थित पिगमेर अस्पतालमा उपचार गर्नका लागि पेश्की स्वरुप दश लाख उपलब्ध गराउने निर्णय गरेको स्रोतले जनाएको छ । अस्पतालमा उपचार भएको बिल पेश भएपछि हिसाब मिलान गर्ने मन्त्रिपरिषदको निर्णय छ ।

पूर्व राष्ट्रपति डा. यादवको प्रोष्टटेड ग्रन्थीमा समस्या देखिएपछि उपचारका लागि अहिले दिल्लीमा छन् । उनी उपचारका लागि दुई हप्ताअघि दिल्ली गएका थिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget