Websoft University

www.radiomakalu.com || 021-522512


खाना खाँदा विचार गर्नुस्, भिटामिन ‘बी’ र ‘डी’ छुट्ला !

यस्तो छ भिटामिन 'बी-१२' र भिटामिन 'डी'को उपयोगिताHealthy-Foods
काठमाडौं, साउन १७ गते। भिटामिनयुक्त खाना हाम्रो शरीरका लागि निकै आवश्यक छ । यसले शरीरलाई आवश्यक पर्ने पोषकतत्व प्रदान गरी विभिन्न रोग लाग्नबाट बचाउँछ । यसको कमीले आँखा कमजोर हुने, नसा कमजोर हुने, हड्डी कमजोर हुने, रगतको कमी लगायतका विभिन्न समस्या निम्त्याउँछ ।

शरीरलाई चुस्त दुरुस्त राख्नका लागि पनि भिटामिनयुक्त खानालाई हाम्रो दैनिक आहारमा समावेश गर्न उत्तिकै जरुरी छ । तर बदलिँदो जीवनशैली तथा व्यस्त दैनिकीका कारण हामीले यस्ता कुरामा त्यति ध्यान दिन सकिरहेका छैनौं । परिणामस्वरुप हामी बिभिन्न रोगको शिकार बन्ने गरेका छौ ।

रोगबाट बच्न हामीले आफ्नो दैनिक आहारमा भिटामिनयुक्त खानेकुरा मिसाएर खान जरुरी छ । शरीरलाई जति आइरन, क्याल्सियमको जरुरत हुन्छ त्यति नै भिटामिन ए, बी, सी र डीको पनि पर्छ । त्यसमध्ये पनि अहिले काठमाडौंमा भिटामिन बी-१२ र भिटामिन ‘डी’को धेरै विरामी फेला परेका छन् । उनीहरुमा ‘भिटामिन बी १२’ र भिटामिन ‘डी’ ज्यादै न्युन पाइने गरेको छ ।

भिटामिन बी-१२ को फाइदा

पछिल्लो समय शाकाहारी व्यक्तिहरुमा भिटामिन बी-१२ को कमी देखिएको छ । कतिपय विरामीलाई उपचारको क्रममा रगत परीक्षण गराउँदा भिटामिन ‘बी’ कै कमी हुने गरेको पाइएको छ ।



सामान्यतया भिटामिन ‘बी’ भनेको मानिसको शरीरलाई चाहिने एक किसिमको पोषण तत्व हो । यो आठ प्रकारका भिटामिन ‘बी’ मध्यको एक हो । यसले हामीले खाएको खानालाई ग्लुकोजमा परिणत गर्छ, जसले शरीरलाई तागत दिन्छ ।

यसका विभिन्न फाइदा छन् । जस्तै रातो रक्त कोषिका निर्माण गर्छ, नानीमासुको पुनः उत्पादन गर्छ र नसा बलियो बनाउँछ ।

भिटामिन बी-१२ को कमीले हुने समस्या
विशेषगरी बदलिँदो जीवनशैली तथा आहार विहारमा भएको परिवर्तनको कारण मानिसहरुमा बिभिन्न समस्या देखिएको विज्ञहरु बताउँछन् ।

भिटामिन ‘बी-१२’ को कमी भएमा हाम्रो शरीरमा विभिन्न किसिमका रोग लाग्ने गर्छ । यसले नसा सम्बन्धी विभिन्न रोग निम्त्याउनुका साथै स्वास्थ्यमा तनाव उत्पन्न गराउँछ ।

भिटामिन ‘बी-१२’ को कमी भएमा नसा पोल्ने र झमझमाउने, हात काँप्ने, दिमागमा तनाव सिर्जना हुने, मानसिक रोग निम्तने र मेघालोव्लाष्टिक एनिमिया अर्थात् एक प्रकारको रक्त अल्पताको समस्या हुने गर्दछ ।

भिटामिन बी-१२ केमा पाइन्छ ?
भिटामिन बी-१२ सहजै उपलब्ध हुने बिभिन्न खानेकुराहरुमा पाइन्छ, जसलाई खानामा मिलाएर खान सकिन्छ । पोषणविदका अनुसार माछा, मासु, अण्डा, कलेजो, दही आदि खानेकुरामा भिटामिन बी-१२ पाइन्छ ।

तर, माछा मासु कलेजो, अण्डा खानु अघि स्वस्थ र राम्रोसँग पाकेको छ कि छैन ख्याल गर्नुपर्दछ । यदी तपाईं शाकाहारी हुनुहुन्छ भने नियमित रुपमा दहीको सेवन गर्नाले पनि फाइदा हुने पोषणविद बताउँछन् ।

भिटामिन ‘डी’

भिटामिन बी-१२ जस्तै भिटामिन ‘डी’ पनि हाम्रो शरीरका लागि अत्यावश्यक छ । हड्डीको वृद्धि विकासका लागि भिटामिन ‘डी’ बढी आवश्यक छ । यसले आइरन, क्याल्सियम र म्याग्नेसियमलाई सोस्छ र शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गर्छ ।



यो विशेषगरी घामको माध्यमबाट छाला हुँदै शरीरमा पस्ने गर्छ । त्यसैले बिहान समयको घाम ताप्नाले पनि भिटामिन ‘डी’ प्राप्त हुन्छ ।
बिहानको समयमा साना शिशुहरुलाई घाममा राखेर तेल लगाउनुको कारण शरिरमा भिटामिन डी प्राप्त होस् भन्ने उद्देश्यले पनि हो । शिशुहरुलाई मात्रै होइन वयस्क र बृद्धबृद्धाहरुलाई पनि घाम ताप्नु जरुरी छ ।

भिटामिन ‘डी’को कमीले हुने समस्या
भिटामिन ‘डी’को कमीले मुख्य गरी हाड कमजोर हुन्छ । शरीरमा भिटामिन ‘डी’को कमी भएमा हड्डीको विकास हुन सक्दैछ र हड्डी सुक्ने, कोषिकाको विकास नहुने लगायतका समस्या देखा पर्दछ । यसका साथै घुँडा खिइने, खुट्टा दुुख्ने, बाथरोग लाग्ने, मधुमेह र उच्च रक्तचाप इत्यादी समस्या पनि देखिन्छ ।

यो घामसित सम्बन्धित रहेकाले खानपानले यसमा त्यति असर पार्दैन । तर पनि बढ्दो शहरीकरणसँगै काठमाडौंलगायत आसपासका क्षेत्रमा दूध दही खाने क्रम घट्दो तथा जंक फुड खाने क्रम बढ्दो छ । जसले गर्दा शरीरमा ‘भिटामिन डी’ को कमी हुने गर्छ । जंक फुडले हड्डीलाई कमजोर बनाउने काम गर्छ । त्यसबाट बँच्न जंकफुड नखाएकै बेस हुन्छ ।

भिटामिन ‘डी’ केमा पाइन्छ ?
भिटामिन ‘डी’ पाउन बिहानको घाम ताप्नु सबैभन्दा उत्तम उपाय हो । विहान छ बजेदेखि सात बजेसम्म प्राप्त हुने घाममा करिब ३० मिनेट बस्नाले शरीरलाई ‘भिटामिन डी’ प्राप्त हुन्छ ।

त्यसबाहेक दूध, माछा, हाडे बदाम, कलेजो, भटमास आदि खानेकुरा खाँदा पनि राहत पाउन सकिन्छ । बिरामी भएर उठेका र कोठाभित्र बसिरहेका वृद्धवृद्धालाई बाहिर घाममा घुमाउने र शरीरमा तेलले मालिस गरिदिएमा उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ।

(पोषणविद डा. भुपाल बानियाँसँग कुराकानीमा आधारित । डा. बानियाँ चाबहिलस्थित ओम अस्पतालमा कार्यरत छन् ।)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget