Websoft University

www.radiomakalu.com || 021-522512


आगलागीबाट तीस लाखको नोक्सानी

 

इटहरी, साउन ३१ गते  । इटहरी उपमहानगरपालिका–८ स्थित धरान–विराटनगर सडकखण्डमा रहेको दुईवटा कवाडी पसलमा बिहान ३ बजेतिर लागेको भीषण आगलागीमा कम्तीमा रु ३० लाखको नोक्सानी भएको अनुमान गरिएको छ ।

आगलागीमा रमेश डङ्गोलको पसल ध्वस्त हुँदा उहाँको रु २० लाख बढीको नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

डङ्गोलसँगै उत्तरतर्फ जोडिएको दीपक चौधरीको विशाल पसलको पनि रु १० लाख बराबरको नोक्सानी भएको सञ्चालक बताइएको छ । आगो विद्युत् चुहावट भएर लागेको अनुमान गरिएको छ ।

घना सहरीकरण क्षेत्रमा भएको आगोलाई इटहरी उपमहानगरपालिकाका दुई र अन्य स्थानबाट आएका वारुणयन्त्रले बिहान ६ बजेतिर पूर्णरुपमा नियन्त्रणमा लिएको इटहरी वारुणयन्त्रका कर्मचारीले बताएका छन् ।

आगो लागेको केही समयमा नै वारुणयन्त्रले आगो निभाउन जुटिहालेकाले ती पसल आसपासका घरमा आगो पैmलन नपाएकाले अरु ठूलो नोक्सानी हुनबाट जोगिएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget