Websoft University

www.radiomakalu.com || 021-522512


ठूलो आन्द्राको क्यान्सर बारे जानीराखौं

नेपालमा बढ्दैछन् ठूलो आन्द्राको क्यान्सरका बिरामी

longs


क्यान्सर भन्ने बित्तिकै भयावह र त्राशदीपूर्ण रोगलाई बुझ्ने गरनि्छ । यसलाई अर्को शव्दमा अर्बुद रोग पनि भन्ने गरिन्छ । मानव शरीरका विभिन्न भागहरुमा लाग्ने क्यान्सरहरु मध्ये ठूलो आन्द्राको क्यान्सर अग्रपङ्तिमा पर्ने क्यान्सर हो ।

नेपालमा पनि ठूलो आन्द्राको क्यान्सर भएकाहरुको संख्या दिन दिनै बढ्दो छ । विकसित देशहरुमा ठूलो आन्द्राको क्यान्सर निकै सामान्य भइसकेको भएपनि नेपालमा यसबारे जनचेतनाको अभावले र समयमा निदान तथा उपचार हुन नसक्दा ठूलो जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ ।

नेपालमा ठूलो आन्द्राको क्यान्सरको जाँच र परीक्षण गर्ने बिषयमा जनचेतना बढाउन र यसवाट बच्ने उपाय अनि यसको उपचारको बारेमा थाहा पाउनु अति नै जरुरी छ । यस बिषयमा ध्यान दिन नसकेका कारण यसले भयाबह रुप लिँदै गएको छ । नेपालभर क्यान्सर परीक्षणको सुविधा नहुनु, उपचारका लागि विषेशज्ञहरुको संख्यामा कमी हुनु र यस रोगबारे अध्ययन अनुसन्धान नहुनु नै यो समस्या बढ्नुका मुख्य कारणहरु हुन् ।


डा.विवेक शर्मा

ठूलो आन्द्राको क्यान्सर हुनुअगावै पत्ता लगाउन सकियो भने धेरैको जीवन जोगाउन सकिन्छ ।

यो रोग सानो पोलिप (एडिनोमाबाट) हुन्छ र केही वर्षमा क्यान्सरमा परिणत हुन्छ । यस्तो पोलिप एडिनोमा कोलोनोस्कोपी गरेर निकाल्न सकेको खण्डमा ठूलो आन्द्राको क्यान्सर जस्तो भयानक रोगबाट बच्न सकिन्छ ।

ठूलो आन्द्राको क्यान्सर भएमा दिशामा रगत देखिने, नाइटोमुनिको भाग दुख्ने, तौल कम हुँदै जाने, खाना खान मन नलाग्ने, छिट्टै थकान महसुस हुने, दिशा ठीक नहुनु (कहिले पखाला लाग्ने कहिले कब्जीयत हुने) जस्ता लक्षणहरु देखिन्छन् ।

ठूलो आन्द्राको क्यान्सर भएको थाहा पाउन यसका विभिन्न लक्षणहरुको अध्ययनसँगै र जाँचहरु गर्नुपर्दछ । यो रोगमा शरीरमा रगत कम हुन्छ, मलद्धारको जाँच गरेर पनि यसबारे थाहा पाउन सकिन्छ । दिशाको जाँच, सिग्म्वा इण्डोस्कोपी ९बायाँ तर्फको० गरेर । कालोनेस्कोपी गरेर ९पुरै ठूलो आन्द्रा हेरेर ० पनि यस रोगबारे जानकारी पाउन सकिन्छ । अन्य परीक्षणमा ब्यारियम इनेमा, भर्चुअल कोलोनोस्कोपी गरेर पनि ठूलो आन्द्राको क्यान्सर भए नभएको पत्ता लगाउन सकिन्छ ।

उमेर बढ्दै गएपछि र ५० वर्षपछि ठूलो आन्द्राको क्यान्सर हुने संभावना बढी रहन्छ । बजारमा पाइने तयारी खानेकुरा अत्याधिक खाने, रेसादार ९फाइबरयुक्त० खाना कम खाने र शारीरिक व्यायाम नगर्ने हरुलाई यो रोग लाग्ने सम्भावना बढी रहन्छ । धुम्रपान, मद्यपान, धेरै स्याचुरेटेड बोसो र प्रोटिनयुक्त खाना बढी खानेहरुलाई ठूलो आन्द्राको क्यान्सर हुने संभावना तुलनात्मक रुपमा बढी हुन्छ ।

नियमित व्यायाम, फाइबरयुक्त खाना खाने, फलफूल, हरियो सागपात प्रशस्त सेवन गर्ने र तौललाई सन्तुलनमा राख्न सकेमा यो रोगबाट बच्न सकिन्छ । धुमपान, मद्यपान र धेरै स्याचुरेटेड बोसो र प्रोटिनयुक्त खाना धेरै नखाने र भिटामिन डी तथा एस्पीरिनको प्रयोगले पनि यो रोगबाट बचाउँछ ।

क्यान्सर स्क्रिनिङ जाँच यस्तो विधि हो, जसमा बिरामीको कुनै लक्षण छैनन् । तैपनि क्यान्सर पोलिप एडिनोमा छ छैन् भनेर पत्ता लगाउने तरिका हो ।

सिग्मोइडोस्कोपी, कोलोनोस्कोपिबाट यस्तो पोलिप एडिनोमाको जाँच र यसलाई निकालिन्छ । यसबाट हुने मुख्य फाइदा भनेको क्यान्सर नै हुन लागेको अवस्था भए पनि छिट्टै उपचार गर्न सकिन्छ । यो ५० वर्ष उमेर पछि गर्दा राम्रो हुन्छ किनभने यो उमेरपछि क्यान्सर बढ्ने क्रममा हुन्छ ।

आफ्नो नजिकको आफन्तका आन्द्रामा क्यान्सर भएमा वा आइविडी रोग भएमा र फ्यामिलियल पोलिप रोग जस्ता समस्या भएमा ५० वर्ष अगाडि नै यो परीक्षण गर्नुपर्ने अवस्था पनि हुन्छ ।

क्यान्सरको अवस्था हेरेर उपचार विधिहरु अपनाइन्छ । ती मध्ये शल्यक्रिया केमोथेरापी रेडियोथेरापी मुख्य हुन् ।

अन्त्यमा अहिलेको अवस्थामा सामान्य मानिसहरुका लागि यो गर्नु नै पर्छ भन्ने त्यस्तो सिफारिस छैन् । तर, जनमानसमा यस सम्बन्धी जागरुकता, ज्ञान हुनुपर्ने र रोगको बारेमा थाहा पाउनु जरुरी छ ।

समयमै उपचार गर्न सकियो र रोगबारे चेतना फैलाउन सके अकालमै मृत्यु हुने धेरै मानिसहरुको ज्यान जोगाउन सकिन्थ्यो ।

यो रोग बढ्ने क्रममा भएको हुनाले सरकारी गैरसरकारी संस्थासँग मिलेर काम गरेमा र ग्रामीण क्षेत्रमा जनचेतनाका कार्यक्रम सञ्चालन गरेर मृत्युदर कम गर्न सकिन्छ ।

(डा। शर्मा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिस्ट र थेराप्युटिक इन्डोस्कोपिस्ट हुन् )-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget