Websoft University

www.radiomakalu.com || 021-522512


नेपालका गृहमन्त्री पाकिस्तान नजाने

सार्कको गृहमन्त्रीस्तरीय बैठकमा सचिवको टोली जाँदै
काठमाडौं,साउन १८ गते । पाकिस्तानको इस्लामावादमा हुन लागेको सार्क राष्ट्रको गृहमन्त्रीस्तरीय बैठकमा नेपालका गृहमन्त्रीको सहभागिता नहुने निश्चित भएको छ । उपप्रधानमन्त्रीसमेत रहेका भीम रावलले गृहमन्त्रालयको जिम्मेवारी सम्हालिराखेको भए पनि उनी कामचलाउ मात्रै भएकाले सार्क बैठकमा नजाने भएका हुन् ।

पाकिस्तानमा हुने बैठकमा गृहसचिव नारायणप्रसाद मलेगो र सहसचिव यादव कोइराला सहभागी हुने सहप्रवक्ता भविश्वर पाण्डेले अनलाइनखबरलाई बताए । बुधबार त्यहाँ बैठक सुरु हुँदा यता नेपालमा नयाँ प्रधानमन्त्रीको चुनाव हुने भएकाले नेपालले गृहमन्त्री पठाउन नसकेको हो ।

सो बैठकमा बंगलादेश र श्रीलंकाका गृहमन्त्रीको पनि सहभागिता नहुने भारतीय पत्रिका नवभारत टाइम्सले लेखेको छ । बैठकमा भारत र पाकिस्तानका साथै भुटान, मालदिभ्स र अफगानिस्तानका गृहमन्त्रीहरुको टोली सहभागी हुनेछ ।

भारतीय गृहमन्त्रीले भोज बहिस्कार गर्ने

यसैवीच कास्मिरमा तनाव ब्यहोरिरहेको अवस्थामा पनि भारतीय गृहमन्त्री राजनाथसिंह बुधबार पाकिस्तान जान तयार भएका छन् । उनी एक रात इस्लामावाद बसेर विहीबार दिल्ली र्फकनेछन् । तर, पाकिस्तानमा रहँदा भारतीय गृहमन्त्री सिंहले पाकिस्तानी समकक्षीले आयोजना गरेको ‘रिसेप्सन’ बहिस्कार गर्ने भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

गृहमन्त्री राजनाथले सार्कस्तरीय औपचारिक बैठकमा मात्रै सहभागिता जनाउने तर, पाकिस्तानी सरकारी अधिकारीसँग कुनै पनि द्वीपक्षीय कुराकानी नगर्ने पीटीआइले लेखेको छ ।

सार्क स्तरीय बैठकलाई सम्बोधन गर्ने क्रममा राजनाथले पाकिस्तानको आलोचना गर्ने र ‘काश्मिर प्रकरण’बारे बोल्ने अनुमान भारतीय सञ्चारमाध्यमको छ ।

सार्क राष्ट्रमध्ये भारत र पाकिस्तानवीच बढिरहेको पछिल्लो तनावका साथै नेपाल लगायतका देशबाट गृहमन्त्रीको उपस्थिति नहुनुले यसपटकको मन्त्री स्तरीय बैठक उत्साहजनक नहुने अनुमान गरिएको छ । बैठकले आतंकवाद, सीमानामा हुने अपराधिक गतिविधिलगायतका सुरक्षा मामिलामा छलफल गर्ने कार्यसूची छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget