Websoft University

www.radiomakalu.com || 021-522512


प्रकृति र संस्कृतिको समन्वय नागपूजा


jharendra baral_1

झरेन्द्र बराल
विविधतायुक्त नेपाली समाज र संस्कृतिले हरेक रीतिरिवाज, चाडपर्व, धर्मसंस्कृति एवं परम्परालाई मात्र मान्यता दिएको छैन, मानवसंस्कृति बाहेक जीवजन्तु, पशुपक्षीको पूजाआजाको परम्परालाई समेत विशिष्ट महìव दिएको छ । यस्ता जीवजन्तुको पूजाआजाका पछाडि धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक महìव रहिआएको छ, जसका कारण विश्वास, आस्था र भक्ति प्रकट गरिन्छ । विभिन्न चाडपर्वहरूमा विविध पशुपंक्षीको पूजा गर्ने क्रममा नागपञ्चमी यस्तो दिन हो, जसमा नाग (सर्प) को पूजा गरिन्छ । घरघरका ढोकामा नागको तस्वीरहरू विधिपूर्वक पूजा गरेर टा“स्ने चलन छ । जसले गर्दा वर्षभरी घरमा नागले दुखः दिदैनन् भन्ने विश्वास रहिआएको छ ।
नाग अर्थात् सर्पको सम्बन्ध पानी तथा जमीनसँग जोडेर पनि हेर्न सकिन्छ । नाग रिसाए भने पानीको अभाव हुन्छ, जसले गर्दा जीवहरू बा“च्न नसक्ने ठानेर हिन्दू धर्ममा नागलाई सर्पहरूका राजा मानिन्छ । यस्तै नाग रिसाई घर छाडी गएमा घरको जग नै पल्टिने वा घरमा दुखः दिने विश्वासमा घरको जग हाल्दा पनि नाग पूजा गर्ने चलन छ । समयमा नै वर्षा होस् तर वाढीवाट जनधनको क्षति नहोस् भन्ने उद्देश्यले नागको पूजा गरेर नागपञ्चमी मनाउने प्रचलन रहिआएको छ ।
हिन्दूहरूले नागलाई वैदिक देवता शिव र विष्णुका रूपमा परम्परादेखि पूज्ने गर्दछन् । भगवान् शिवले नागको माला लगाएका छन् भने विष्णु जलमाथि शेषनागको शय्यामा फणाको छाता ओढेर सुतेको अवस्थामा हुन्छन् । विश्वको ऐतिहासिक सभ्यता सिन्घुघा“टी सभ्यतालाई हेर्न त्यहा“ गरिएको उत्खनन्बाट प्राप्त मुद्रामा एउटा पूजारीले नागको पूजा गरिरहेको चित्र पाइएको छ । यस्तै एउटा जन्तरमाथि चित्रमा नागलाई वेदमाथि देखाईएको छ यसबाट पनि नागराजाको प्राचीनताबारे जान्न सकिन्छ ।
काठमाडौं उपत्यका पहिले एउटा ठूलो पोखरीको रूपमा थियो, जसमा नागहरू बस्ने लोकभनाइ छ । भगवान् कृष्णका दाजु बलराम र रामका भाई लक्ष्मण शेषनागका अवतार मानिन्छन् । कृष्णले बालक कालमै कालीनागको दमन गरेको प्रसङ्ग पाइन्छ । नागपञ्चमीका प्राचीनतास“ग विभिन्न कथाहरू जोडिएका छन् । कथाअनुसार एकजना किसानले खेत खनिरहेको वेलामा नागका तीनवटा बच्चा भेट्टायो र सबैलाई मारिदियो । ती वच्चाकी आमा आहारको खोजीबाट फर्कंदा आफ्ना सबै बच्चा मार्ने किसान र उसको परिवारप्रति आक्रोस पोख्दै किसानलाई लखेटेर मारीदिई । अझै पनि उसको रिस शान्त भएन, घरका अन्य सदस्यलाई पनि डसेर मारिदिई । उक्त किसानकी छोरी भने घरबाहिर रहेको अवस्थामा फणा उठाएर डस्न खोज्दा केटीले नागिनीसँग प्राथना गर्दै माफी मागी र बा“च्न पाउन याचना गर्दै दूध पिलाउने अनुनय गरी कचौरमा दूध ल्याएर नागिनीका अगाडि राखिदिई । संयोगवश यो दिन श्रावण शुक्लपञ्चमी परेको थियो । थकित अवस्थामा रहेकी नागिनी दूध पिई शान्त भई ती कन्यालाई जीवनदान दिई अनि केही वरदान माग्ने भए दिन्छु भनी । किसानकी छोरीले हतपत आफ्ना मरेका मातापिता र भाइलाई जीवनदान दिने वरदान मागी । यसपछि नागिनी वरदान दिएर अलप भई । यस कथाका आधारमा किसानका परिवारलाई मृत्युको मुखबाट बचाएकोे सम्झना स्वरूप नागपूजा गर्न थालिएको मान्यता पाईन्छ ।
विभिन्न पुराणहरूमा नाग पूजा गर्नाले सुख समृद्धि पाउनुका साथै उनीहरूलाई दूधपान गराउनाले सर्पदंशबाट असामयिक मृत्युबाट बाँच्न सकिने उल्लेख छ । वराह पुराणलाई उद्धृत गर्दै उल्लेख गरिएको एक स्रोतका अनुसार व्रह्माका दश मानसपुत्रमध्येका जेठा छोराको नाम मरीचिका कश्यप थियो, उनले दक्षकी छोरी कदू र विनतास“ग विवाह गरे । त्यसपछि कदूको गर्भबाट अनन्त, वासुकि, पद्य, महापद्य, कम्बल, कर्कोटक, सङ्ख आदि नागजातिका छोराहरू जन्मे ।
भूमिमा विशेष देवताको रूपमा नागलाई मान्दै भूमिमा गाढेर राखिएको धनमाथि बसेर सोको रक्षा गर्ने नागलाई प्रसन्न तुल्याउन सकेमा मात्र उक्त धन प्राप्त गर्ने लोकविश्वास रहिआएको पनि छ । यस्तैगरी पानी बर्साउनमा, मेघ र अग्निबाट रक्षा दिएर शान्ति ल्याउनमा नागको विशेष भूमिका रहने कुरा स्रोतहरूमा चर्चा छ । पञ्चतन्त्रको एक कथाअनुसार एउटा ब्राह्मणबाट प्रसन्न नागले प्रत्येक दिन एउटा स्वर्ण मुद्रा दिन थाल्यो । ब्राह्मण अन्य काममा व्यस्त भई उसले छोरालाई सो मुद्रा लिन पठायो । सर्प बस्ने दुलामा असंख्य स्वर्ण मुद्रा भएको लोभमा छोराले सर्पलाई मारी ती सबै मुद्रा एकैपटक पाउन सर्पमाथि प्रहार गर्दा सर्पको डसाईबाट ब्राह्मण पुत्रको मृत्यु भयो । पछि लोभी छोराको बाबु ब्राह्मणलाई पनि सो नागले स्वर्ण मुद्रा दिन अस्वीकार गरेबाट पनि नाग क्षेत्र देवता भएको प्रस्ट हुन्छ ।
विभिन्न बाह्रवटा नागहरू अनन्त, वासुकी, पद्य, शेष, कुलिर, कर्कोटक, अश्वतर, तक्षक, पिङ्गल, शङ्ख, गोमन र महापद्य छन् । लोकमान्यतामा नागहरूको सम्बन्ध जल र जलाशयहरूमा रहेको पाइन्छ । हरेक ताल, पोखरी, तथा जलाशयमा अलग अलग नागदेवता हुन्छन् ।
नागकै सम्बन्धमा विभिन्न कथाहरू पाइन्छन्, एक कथा नाग र गरुडको सङ्घर्षस‘ग सम्बन्धित छ भने अर्को जनमेजयको नागयज्ञस“ग जोडिएकोे छ, जसमा सनातन धर्म र संस्कृतिमा सबैको अस्तित्व सम्मानजनक भएकोले सर्पहरूलाई मारेर बदला लिनु विपरीत कार्य हो भनिएको छ । भगवान् विष्णुलाई ‘शान्ताकारं भुजगशयनं’ भन्दै सर्पहरूको बिछ्यौना बनाई सुतेका शान्तिका मूर्ति बनाइएको पाइन्छ भने श्रीकृष्णलाई जन्मने बित्तिकै वासुदेवले यमुना तराउ“दा ठूलो पानी परिरहेको ह“ुदा नागहरूले छाता बनी पानीबाट रक्षा गरेपछि श्रीकृष्णले नाग (सर्प) प्रति भक्ति प्रकट गरेको कुरा विभिन्न ग्रन्थहरूमा उल्लेख छ । यस्तै भगवान् शङ्करले सदासर्वदा सर्पको माला लगाई सर्पप्रति सम्मान गरेको देखिन्छ । गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको जस्ता अनेकौं प्रसङ्गहरू पनि पाइन्छन् ।
विश्वमा सबैभन्दा मूल्यवान रहेको मणि शीरमा धारण गर्ने अक्षय खजना पनि नागस“गै हुन्छ । वेद, पुराण, उपनिषद्हरूमा नाग गरिमाको चर्चा पाइनुका साथै शेषनागले त पृथ्वीलाई नै धारण गरेको प्रसङ्ग पनि प्रसिद्ध छ । यसरी सर्वत्र चर्चा भएका नागको पौराणिक, धार्मिक, सांस्कृतिक महìव छ ।
ज्योतिषशास्त्रीय मान्यता अनुसार पनि विभिन्न रोग, दोष निवारणका लागि नागपञ्चमीको दिन कालसर्प दोष निवारण सम्बन्धी पूजाआजा गर्ने चलन छ । यसदिन खेतमा जोतखन गर्दा सर्पहरू मर्दछन् भनेर जमीन खन्ने जोत्ने कार्य गर्नु हुँदैन भन्ने जनविश्वास रहिआएको छ । यसदिन विभिन्न नागका चित्र बनाई घरका ढोकामाथि वा प्रवेशद्वारमा गोबरकासाथ टा“स्ने गरिन्छ । त्यस्तै चामलको पिठोका नागहरू बनाएर खानेपानीका मुहान लगायतका ठाउँहरूमा नागपूजा गर्ने प्रचलन गाउँघरतिर देख्न सकिन्छ । काठमाडौं उपत्यकामा नागपोखरी, भक्तपुरमा सिद्धपोखरी जस्ता ठूलठूला जलाशयहरूमा नागपञ्चमीका दिन घुइँचो लाग्दछ, जहा“ नागको भव्य पूजा गर्ने चलन छ । तसर्थ पौराणिक, ऐतिहासिक, धार्मिक प्रसङ्गका साथसाथै कृषि र वर्षास“ग पनि नागको (सर्प) को समन्वय भएकोले यस्ता पर्वहरूमा प्रकृतिमा रहेका जीवहरूको पनि पूजाआजा गरी पृथ्वीमा सबैको सहअस्तित्व स्वीकार्नु नेपाली संस्कृतिको विशेषता र मौलिकता हो जसले प्रकृति र संस्कृतिबीच समन्वय स्थापित गरेको छ । ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget