Websoft University

www.radiomakalu.com || 021-522512


वीरयोद्धा केशव कोइरालाको सम्झना

samita koirala
समिता कोइराला (बराल)

तत्कालीन पञ्चायतको निर्दलीय निरङ्कुशता विरुद्ध सशक्त र सशस्त्र नेतृत्व गर्नुभएको केशव कोइरालाको हत्या चार दशक अघि २०३१ साउन ३१ गते महोत्तरी जिल्लाको मटिहानीमा गोली हानी निर्मम ढङ्गबाट गरिएको थियो । उहाँले त्यस अवस्थामा पानी माग्दा उल्टै बन्दुकको नाल मुखमा कोची छातीमा बुट बजार्दै शरीरमा चक्कुले चिरी नुनचुक लगाइ गाली गलौज गरिएको थियो । तत्कालीन पञ्चायती शासकको आडमा हत्याराहरूले लाउँलाउँ, खाउँखाउँ भन्ने वयका लक्का जवान २४ वर्षीय मेरा पिताको हत्याको समयमा मेरी आमा गुणकुमारी कोइराला १७ वर्षको कलिलो उमेरमा जीवन जीउने सङ्घर्षमा लाग्नुप¥यो ।
पूर्वी पहाडी जिल्ला ओखलढुङ्गाको रातमाटे १, छहरे कोइराला गाउँमा पिता पं. भवनाथ कोइराला र माता लालकुमारीको कोखबाट २००७ साल असार ३१ गते उहाँको जन्म भएको थियो । राणा शासनको अन्त्य भई प्रजातन्त्रको उदयसँगै उहाँ पनि घरपरिवारमा सानै उमेरदेखि फरक स्वभाव लिई अघि बढ्ने क्रममा घरमै पिता र दाजुहरूद्वारा प्रारम्भिक शिक्षा लिई माथिल्लो शिक्षा आर्जनका लागि जनकपुरको संस्कृत विद्यालय ज्ञानकुपमा प्रवेश गरेदेखि नै उहाँको सम्पर्क तत्कालीन नेपाली काँग्रेसका नेता बोधप्रसाद उपाध्याय, सरोज कोइराला, महेन्द्रनारायण निधिसँग भयो । तत्पश्चात् उहाँले आफ्नो राजनीतिक यात्राको प्रारम्भ गर्नुभएको थियो ।
तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते प्रजातन्त्रको हत्या गरी निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्था लागू गरे । त्यसको विरुद्ध नेपाली काँग्रेसले प्रजातन्त्र र बहुदलीय व्यवस्थाको पुनस्र्थापनाका लागि युवा विद्यार्थीलाई आन्दोलनमा समाहित हुन आह्वान गरेको थियो । त्यसै बखत राजनीतिक विचारले ओतप्रोत, निर्भिक, क्रान्तिकारी केशव कोइराला २०२१ सालमा छात्र सङ्घको सदस्य भई प्रजातन्त्रको पक्षमा काम गर्न थाल्नु भयो । सङ्गठन निर्माणमा कुशल केशव कोइरालाले छोटो समयमा नै आफ्नो प्रभाव पूर्वी पहाडका सोलु, ओखलढुङ्गा, खोटाङ, रामेछाप, सिन्धुली जिल्ला र तराईका जनकपुर, महोत्तरी लगायत अन्य जिल्लामा समेत पार्न थाल्नुभयो । उहाँको सङ्गठनप्रतिको बफादारी र लगनशीलता काँग्रेसजनमा पनि सदैव चर्चाको विषय बन्ने गर्दथ्यो । उहाँले आफ्नो अध्ययनलाई सधैँ अब्बल बनाउने र राजनीतिमा आपूmलाई सक्रिय बनाउँदै लैजाने क्रममा तरुण दलमा सक्रिय भई कार्य गर्नुभयो । राष्ट्रिय मुक्ति आन्दोलनलाई आफ्नो जीवनको पर्याय ठानी काम गर्न थाल्नुभयो । आफ्नो नेता दुर्गानन्द झाको हत्यापछि उहाँले झन् सङ्घर्षको उद्घोष गरी एकदिन पक्कै प्रजातन्त्र आउनेछ भनी आफ्नो जीवनको प्रवाह नगरी भारतमा निर्वासित भई बस्नुभएका विश्वेश्वरप्रसाद कोइरालाको सम्पर्कमा रहनुभयो । तरुण दलद्वारा प्रकाशित पुस्तक, लेख, रचना, पर्चा र पम्प्लेटहरू बोकी आफ्नो कार्य क्षेत्रमा पठाउने र युवा जागरण अभियानमा सदैव अग्रणी भूमिकामा रहेकाले केशव कोइराला तत्कालीन पञ्चायती व्यवस्थाका पृष्ठपोषकहरूलाई निकै बाधक बनिरहनुभएको थियो । उहाँले राजनीतिका साथै साहित्यिक जीवनलाई पनि अघि बढाउँदै लानु भएको थियो । प्रजातन्त्रका पक्षमा अनेकौँ साहित्यिक कार्यक्रम गराउन थाल्नुभयो । ‘के काइदा’ उपनामले परिचित उहाँका हस्तलिखित डायरी र कविताहरू अभैm सुरक्षित रहेका छन् ।
२०२७ सालपछि आन्दोलनकारी शक्तिहरूको मोर्चाबन्दी निरङ्कुश व्यवस्थाका विरुद्ध आकाशिँदै गएपछि केशव कोइराला लगायत थुप्रै युवालाई गिरफ्तार गरी राजकाज मुद्दा लगाई पटक–पटक जेल चलान गरिएको थियो । जलेश्वर जेल हुँदै ओखलढुङ्गा लगायत काठमाडौँको केन्द्रीय कारागारमा एक वर्षसम्म जेल जीवन बिताउन बाध्य पारियो । उहाँले हार नमानी फेरि तत्कालीन व्यवस्था विरुद्ध सशस्त्र आन्दोलनका लागि फौजी दस्ता तयार पार्न लाग्नुभयो । आपूmले तयार पारेका फौजी साथीहरूलाई राजनीतिक रूपले पूर्ण प्रशिक्षित बनाइ भारतको फारबिसगञ्जमा रहनुभएका नेता गिरिजाप्रसाद कोइरालालाई भेट गराउन थाल्नु भयो । निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनस्र्थापना उहाँको अर्जुनदृष्टि बनिसकेको थियो ।
घरमा भरखरै जन्मिएकी छोरी र सुत्केरी श्रीमतीलाई समेत छाडी उहाँ घरपरिवारभन्दा माथि उठी सदैव प्रजातन्त्र प्राप्तिका लागि लाग्नु भयो । त्यसै बखत भारतको मधुवनीमा निर्वासित भई काम गरिरहनुभएका आफ्ना नेता सरोजप्रसाद कोइरालाको २०३० साल कात्तिक २ गते षड्यन्त्रपूर्वक ढङ्गले तत्कालीन शासकका नाइकेले हत्या गरेपछि उहाँ झनै आक्रोशित हुनुभयो र पञ्चायती शासकहरूको जरोकिलो मासेरै छाड्नुपर्छ भन्ने उद्घोष गनुर््भयो । निर्वासित भइरहनु भएका आफ्ना नेता विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालालाई भेटी सशस्त्र सङ्घर्ष गर्ने उद्घोषका साथ हातहतियारसहित महोत्तरीको मटिहानीतर्पm लाग्नु भयो । सङ्गठनको दौरान र निर्माणमा सदैव बाधक रहेको मटिहानीस्थित प्रहरी चौकी ध्वस्त पार्नैपर्र्नेे निर्णय गर्दै उहाँकै नेतृत्वमा प्रजातान्त्रिक योद्धाहरूले आक्रमण गरे । सोही आक्रमणमा प्रहरीको निशाना बनी त्यहीं शाहदत प्राप्त गर्नुभयो ।
प्रजातन्त्रको पुनर्बहालीको महान् यज्ञमा थुप्रै वीर सपुतहरूले आफ्नो जीवन उत्सर्ग गरे । लखन थापादेखि २०४६ सालसम्मका थुप्रै योद्धाहरू दुर्गानन्द झा, सरोज कोइराला, राम–लक्ष्मण, लिला ठगी, खगेन्द्र, पेशल दाहाल, गोकर्ण कार्की, महेश कोइराला, क्या.यज्ञबहादुर थापा, अगमुनी राई, भीमनारायण श्रेष्ठ, शिवचन्द्र मिश्र, मिथिलेश दुवे, अम्बरबहादुर खड्का, तेजबहादुर राई, भरत गोपाल झा, जनकी देवी, मुनेश्वरी देवी, नेत्र घिमिरे, ऋषि देवकोटा अजाद, दुर्गा सुवेदी, दलबहादुर रजन, विरेन्द्र राजवंशी, रामनाथ दाहाल, नेत्र कुइँकेल, यादवनाथ आलोक, राम प्रसाद चौधरी लगायतका टिम्बुबोटे काण्ड होस् वा जदुकुवा अनि झापा काण्डका सयौं सपुतहरूको रगतले सिञ्चित भूमि नेपालमा जबदेखि प्रजातन्त्रको पुनर्बहाली भयो तबदेखि सहिदहरूलाई मञ्चमा श्रद्धाञ्जलि अर्पणका दुई शब्द समेत महँगो पर्न थाल्यो । आफ्नो नेता र आफ्नै साथीहरू मन्त्री, प्रधानमन्त्री बने तर त्यत्रो बलिदान गरेका साथीहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न सकेनन् । जबकि २०५१ साल चैत महिनामा राजनीतिक पीडित सहायता समितिले आफ्नो पूर्ण प्रतिवेदनमा सहिदहरूको नामावली प्रकाशित गरिसकेको अवस्था छ । उक्त समितिको अध्यक्षमा कृष्णप्रसाद भट्टराई, सदस्य राधाकृष्ण मैनाली र सदस्यसचिवमा ओमकारप्रसाद श्रेष्ठ रहनुभएको थियो । प्रकाशित प्रतिवेदनको ठेली गृहमन्त्रालयमा वर्षौदेखि थन्किएर रहेको छ । उक्त ठेलीलाई कार्यान्वयन गर्न कुनै राजनीतिक दलका प्रमुखहरूले उपयुक्त ठानेनन् । केही महिना अगाडि के.पी.ओली नेतृत्वको सरकारले किस्ताको रूपमा माथि उल्लेखित नामहरूमध्येका र अन्य सहिदहरूको नामावली राष्ट्रिय सहिदको सूचीमा राख्यो । यसरी सहिदहरूलाई विभक्त गरेर घोषणा गरिनुलाई अघोषित सहिदका परिवारजनले गम्भीरताका साथ लिएका छन् ।
सहिद कुनै राजनीतिक पार्टीका मात्र हुन् कि राष्ट्रका स्पन्दन ? यी कुरा सोच्न बाध्य हुनुपरेको छ । तसर्थ वर्तमान सरकारले यस कुरालाई गम्भीरतापूर्वक ध्यान पु¥याई राष्ट्रका लागि आफ्नो प्राण उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूलाई राष्ट्रिय सहिदका सूचिमा राख्ने निर्णय नगर्दा सहिदहरूप्रति सम्मान हुनेछैन । आत्मसम्मानका साथ जीवनयापन गर्ने अवसरको खोजीमा भौँतारिरहेका सहिद परिवारहरू आफ्ना परिवारका सदस्यले प्रजातन्त्रका लागि बेकारमा ज्यान गुमाएछ भनेर चुक्चुकाएर बस्नुपर्नेछ । सहिदको अवमूल्यन हुनेछ । तर सहिदका परिवार उसको शहादतलाई टेकेर विलासितामा रमाइरहेका प्रजातन्त्रवादीका अगाडि दयाका पात्र बन्ने धृष्टता कहिल्यै गर्ने छैनन् । आफ्नै घरको भित्ताको आडमा झुण्ड्याएर राखेको फोटोलाई टुलुटुलु हेरी राज्यको दुर्दशालाई मूल्याङ्कन गरेर दिन बिताउनु नै उनीहरूको दिनचर्या हुनेछ । हिजोआजको नक्कली दुनियामा राजमार्गमा गाडीले किचेको व्यक्ति होस् वा गुण्डागर्दीमा मारिएको अनाम व्यक्तिलाई सहिद घोषणा गर्ने भीडमा केशव कोइराला जस्ता व्यक्तिहरूको नाम इतिहासले बिर्सिएको पनि हुनसक्छ ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget