Websoft University

www.radiomakalu.com || 021-522512


एकता भाँडिएपछि राप्रपामा तीब्र विवाद, राणाको पत्रकार सम्मेलन चन्द समुहद्वारा वहिस्कार



काठमाडौं,साउन २७ गते । राप्रपा र राप्रपा नेपालबीच हुने भनिएको एकता प्रक्रिया अन्तिम समयमा भाँडिएसँगै राप्रपाभित्र विवादले उग्र रुप लिएको छ ।

वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द समुहले अध्यक्ष पशुपति शमशेर राणाले बाह्य शक्तिको आडमा एकता भाँडेको आरोप लगाउँदै यसअघिको बैठक बहिस्कार गरेकामा आज राणाले आयोजना गरेको पत्रकार सम्मेलन समेत बहिस्कार गरेको छ ।
राप्रपाका केन्द्रीय सदस्य बसन्तमान सिंह अधिकारीले राणाले पार्टीमा कुनै पनि छलफल नगरी एकता भाँडेको आरोप लगाउँदै सो आफूहरुलाई अमान्य हुने बताए । चन्द निकट मानिने उनले बहुमत केन्द्रीय सदस्य र देशभरका कार्यकर्ताहरुको चाहना पार्टी एकता भएपनि राणाले व्यक्तिगत स्वार्थ र बाह्य प्रभावमा परेर एकता भाँडेको आरोप लगाए ।
राणाले भने साउन २४ गते एक विज्ञप्ती जारी गर्दै एकताको पक्षमा आफू भएपनि आवश्यक तयारी पूरा नभएकाले तत्काल एकता हुन नसक्ने बताएका थिए । तर, राणाले यस्तो बताएपछि चन्द समुहले भने राणाको आलोचना गर्दै सोहि दिन बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेको थियो । यसरी बैठक बहिस्कार गर्नेहरुमा अधिकारीसहित, बुद्धिमान तामाङ, भुवन पाठक, राजेन्द्र गुरुङ विजयकला राई , जयन्त चन्,द पदम तामाङ लगायतका रहेको बताइएको छ ।

चन्द समुहको वहिस्कारका बीचपनि राप्रपाको बैठकले पार्टीबाट दीपक बोहरा र विक्रम पाण्डेलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।
९ महिनाअघि राप्रपाको नेतृत्व पाएसँगै पार्टीभित्र विवाद साम्य भएपनि साउन दोस्रो साता राणाले नेतृत्व सम्हालेसँगै पुन पार्टीमा पुनः विवाद सुरु भएको हो ।

गत मंसिरमा राणाले चन्दलाई नेतृत्व हस्तान्तरण गर्नुअघि एकैपार्टी भएपनि चन्द र राणा समुहले आ–आफ्नै ढंगले पार्टी सञ्चालन गर्दै आएका थिए । त्यतिबेला पार्टी झण्डै डेढ वर्ष आन्तरिक विवादमा फसेको थियो ।

गत मंसिरमा भने अध्यक्ष पशुपति शमशेर राणा र वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द तथा अर्का नेता प्रकाशचन्द्र लोहनीबीच भएको वार्तामा पालैपालो अध्यक्ष बन्ने सहमति भएपछि विवाद मिलेको थियो ।
तत्कालिन राप्रपा र राष्ट्रिय जनशक्तिबीच एकता हुँदा चक्रिय प्रणालीअनुसार दिवंगत नेता सूर्यबहादुर थापासहित राणा, चन्द र लोहनी अध्यक्ष बन्ने सहमति भएको तर बीचमा सहमति उलंघन गरेर राणा अध्यक्ष बनेको भन्दै चन्द समुहले समानान्तर पार्टी चलाउँदै आएको थियो ।

चन्द कमल थापासँग मिल्ने तयारीमा
एकता भाँडिएसँगै विवादमा फसेको पूर्वपञ्चहरुको बाहुल्यता रहेको राप्रपाको चन्द समुह राप्रपा नेपालसँग पार्टी एकताको पक्षमा रहेको छ । केन्द्रीय सदस्य अधिकारी राणाले एकता नचाहेपनि आफूहरु एकताको पक्षमा रहेको भन्दै त्यसका लागि सक्रियताका साथ लागिपर्ने बताउँछन् ।
उनका अनुसार एकताका लागि राप्रपा अध्यक्ष कमल थापा र चन्दबीच पटक पटक कुरा समेत भइसकेको छ ।
उनले भने–राजनीति सम्भावनाको खेल हो, कसैले एकता चाहेनन् होला तर अहिलेको आवश्यकता एकता नै भएकाले हामी दायाँबायाँ जान सक्दैनौं ।’
राणाले गरे आफ्नो बचाउ
चन्द समुहले बहिस्कार गरेको पत्रकार सम्मेलनमा राणाले भने आफ्नो बचाउ गर्दै आफू एकता विरोधी नभएको बताए । उनले प्राविधिक विषयहरु मिल्न बाँकी रहेकाले मात्रै गत साउन २५ गते एकता हुन नसकेको बताए ।
उनले लोकेन्द्र बहादुर चन्द समुहले समेत एकता नचाहेको भनि लगाएको आरोपको खण्डन गर्दै त्यो गलत कुरा भएको बताए ।
राजधानीको आम्रपाली बैंक्वेटमा भएको पत्रकार सम्मेलनमा उनले भने–हामी एकता चाहन्छौं मात्र मिल्न बाँकी विषयहरु मिलाएर जाऔं भनेका हौं ।’
उनले एकताको माहौल अझैं पनि बनाउन सकिने भन्दै एकले अर्कालाई गाली नगरी सुझबुझपूर्ण निर्णयका साथ अघि बढ्नुपर्नेमा जोड।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget