पाकिस्तान,साउन २४ गते । बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित एक सरकारी अस्पतालमा बम विष्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । अन्य दर्जनौं व्यक्तिहरु घाइते भएका छन् ।
सोमबार बिहान विष्फोट हुनु अघि आक्रमणकारीले गोली चलाएका थिए ।
क्वेटा सहरमा एक वरिष्ठ वकीलको हत्यापछि भएको यो विष्फोटमा पनि धेरैजसो वकीलहरु नै घाइते भएको बताइएको छ । हत्या भएका वकिलको शव अस्पताल ल्याइएका बेला आक्रमण भएको स्थानीय सन्चारमाध्यमहरुले बताएका छन् ।
आक्रमणकारीको पहिचान भएको छैन तर प्रधानमन्त्री नवाज शरीफले क्वेटा विष्फोटको निन्दा गरेका छन् ।-अनलाइनखबरबाट
Post a Comment