Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन नगर्ने षड्यन्त्रलाई एमालेले असफल बनाउने



काठमाडौं भदौ १ गते । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधानले तोकेको समयभित्र स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन गर्नका लागि सरकारलाई वाध्य बनाउन दबाब दिने निर्णय गरेको छ ।


पार्टी मुख्यालयमा बुधबार बसेको एमालेको स्थायी समितिको बैठकले तिनै तहको निर्वाचन गराउन तथा संविधानको कार्यान्वयन गराउन सरकारलाई वाध्य पार्ने गरी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।

आफू नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन मंसिर महिनामा गर्ने कार्यतालिका ल्याएकामा सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले मंसिरको सट्टा चैत महिनाको प्रस्ताव गरेपछि आशंकित भएको एमालेले अबको डेढ वर्षभित्र कुनैपनि हालतमा तिनै तहको निर्वाचन गराइनुपर्ने भन्दै त्यसका लागि दवाबकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकले संविधानले परिकल्पना गरेका निर्वाचन निर्धारित समयमा नगराउने षड्यन्त्रलाई असफल तुल्याउन सबै शक्ति प्रयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

एमालेले आफू नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेट, सरकार परिवर्तनपछिको अवस्था र स्थानीय तहको निर्वाचनका विषयमा देशभर कार्यकर्ता भेला गर्ने र ती भेलामा केन्द्रीय नेताले सहभागीता जनाउने निर्णय गरेको छ । भदौ महिनामा जिल्ला र क्षेत्रगत रुपमा हुने भेलामा कार्यकर्ताहरुलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget