Websoft University

www.radiomakalu.com || 021-522512


नेविसङ्घ महाधिवेशन तयारी पूरा

काठमाडौँ, साउन २२ गते । नेपाल विद्यार्थी सङ्घको आइतबारबाट राजधानीमा सुरु हुने ११ औँ महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशन प्रतिनिधि भित्रिने क्रमसँगै शुक्रबारबाट उनीहरूको बसोबासका लागि होटल बुकिङ तथा खानाको व्यवस्था गर्ने काम भइरहेको र बस्ने व्यवस्था प्रदेश अनुसार मिलाइएको सङ्घले जानकारी दिएको छ ।
नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेवि सङ्घको महाधिवेशन २०६४ सालपछि पटकपटक स्थगित भई बल्ल हुन लागेको हो । करिब १० वर्षपछि हुन लागेको महाधिवेशनलाई शान्त, सभ्य र भव्य बनाउन विभिन्न समिति समेत गठन गरिएको छ । महाधिवेशनमा मुलुकभरबाट तीन हजार ४५० जना प्रतिनिधि सहभागी हुने आयोजकले जानकारी दिएका छन् ।
नेवि सङ्घका केन्द्रीय सदस्य एवम् विवाद निरूपण समितिका संयोजक लीलावल्लभ दाहालले महाधिवेशन प्रतिनिधि छनोटका विषयमा ११ जिल्लामा देखिएको विवाद मिलेको जानकारी दिनुभयो । ६४ जिल्लामध्ये ११ मा विवाद थियो त्यो मिलाइसकेका छौँ, उहाँले भन्नुभयो, अब महाधिवेशन निर्विवाद सञ्चालन हुनेछ ।
तर, ११ जिल्लामा महाधिवेशन छनोटमा धाँधली भएको भन्दै विद्यार्थी नेता कुन्दन काफ्ले र महेन्द्र शर्माको छुट्टा छुट्टै समूह सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा अनशनरत छन् । यस समूहसँग पनि पार्टी नेतृत्व तहबाट नै छलफल भइरहेकाले सहमतिमा आउने धारणा उहाँले राख्नुभयो ।
भृकुटीमण्डपस्थित कभर्डहलमा तीन दिनसम्म जारी रहने महाधिवेशनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । दाहालले जिल्ला प्रतिनिधिको आगमनसँगै चुनावी चहलपहल पनि बढेको जानकारी दिनुभयो ।
नेपाली काँग्रेस र नेपाली काँग्रेस (प्रजातान्त्रिक) समूहको एकीकरणपछिको यो पहिलो महाधिवेशन हो । नेवि सङ्घ केन्द्रीय कार्यसमिति प्रादेशिक संरचनाअनुसार, १५१ जनाको हुनेछ । नेता दाहालका अनुुसार, अध्यक्ष एक, उपाध्यक्ष खुलाबाट सात, महिला, आदिवासी जनजाति, मधेस र दलितबाट चार गरी ११ र मनोनित दुईजना हुनेछन् ।
त्यस्तै, महामन्त्री दुई जना निर्वाचित र दुई जना मनोनित हुनेछन् । सहमहामन्त्रीमा निर्वाचित र मनोनित गरी १२ जना, कोषाध्यक्ष एक जना, खुला, प्रदेश, आरक्षणकोटाका लागि पनि सदस्य सङ्ख्या छुट्ट्याइएको छ । यस महाधिवेशनबाट बन्ने नयाँ कार्यसमितिको कार्य अवधि दुई वर्ष तोकिएको छ ।
महाधिवेशनमा बुबा उम्मेदवार र छोरा भोटर देखिएकाले आगामी वर्षदेखि उमेरमा हदबन्दी लगाई ३२ वर्ष तोकिएको छ । महाधिवेशन नजिकिने क्रमसँगै नेवि सङ्घका विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने लहर नै चलेको छ ।
अध्यक्ष पदका लागि नैनसिंह महर, जितजङ्ग बस्नेत, दीपक भट्टराई, मनोजमणि आचार्य, कुन्दन काफ्ले र नीलकण्ठ आचार्यले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यस्तै, महामन्त्री पदका लागि आनन्द त्रिपाठी, उर्मिला थपलिया, मनोज वैद्य, विनयराज भट्ट र शुभराम बस्नेतले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।
प्यानल बनाएरभन्दा पनि आफूखुसी विभिन्न पदमा उम्मेदवारी दिनेहरूको सङ्ख्या ठूलो छ । अध्यक्षमा छ जना इच्छुक देखिए पनि अन्ततः दुई वा तीन प्यानल बन्ने सम्भावना बढेको विद्यार्थी नेताहरू बताउँछन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget