Websoft University

www.radiomakalu.com || 021-522512


दोस्रो टेष्टको पहिलो इनिङमा भारत ३०४ रनले अगाडि

Ind-vs-WI-test

काठमाडाैं,साउन १८ गते । चार टेष्ट शृङखलाका लागि वेष्ट इण्डिज भ्रमणमा रहेको भारतीय टोलीले दोस्रो टेष्टको पहिलो इनिङमा आरामदायी अवस्थामा देखिएको छ ।

दोस्रो टेष्टको तेस्रो दिन भारतले ९ विकेट गुमाएर ५०० रन बनाउँदै इनिङ समाप्तिको घोषणा गर्‍यो । उसका लागि मुरली बिजयको स्थानमा आएका केएल राहुलले १५८ र अजिङक्या राहनेको अविलित १०८ रनको सहयोगमा ५०० रन पूरा गरेको थियो ।

भारतका लागि विकेटकिपर ऋििद्धमान शाकले ४७, चेतेश्वर पुजाराले ४६ र कप्तान बिराट कोहलीले ४४ रन जोडे । बलिङतर्फ रोष्टन केसले सर्बाधिक ५ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले सुरुवाती ५२ ओभरमा १९६ रन जोड्दा सबै विकेट गुमायो । क्यारेवियन टोलीका लागि जर्मीन ब्ल्याकवार्डले सर्बाधिक ६२ रन जोडेपनि अन्यको प्रदर्शन फितलो रहृयो । उसका चार ब्याट्सम्यान पाँचभन्दा कम स्कोरमा पेविलियन फर्केका थिए ।

बलिङतर्फ रविचन्द्रन आश्विनले ५ विकेट लिए । उनले पहिलो टेष्टमा पनि ७ विकेट लिएका थिए । भारतका लागि मोहम्मद सामी र इसान शर्माले पनि २/२ विकेट लिए ।

वेष्ट इण्डिजले ३०४ रनले पछि रहेको स्थितिबाट दोस्रो इनिङको सुरुवात गर्नेछ ।

भारतले पहिलो टेष्टमा १ इनिङ र ९२ रनको जित हासिल गरेको थियो ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget