Websoft University

www.radiomakalu.com || 021-522512


भाइरल ज्वरो, झाडापखाला र निमोनियाको प्रकोप बढ्यो



धनकुटा, भदौ ७ । धनकुटामा भाइरल ज्वरो, झाडापखाला र निमोनियाको प्रकोप बढेको छ ।

प्रकोप बढेसँगै जिल्ला अस्पतालमा उपचार गर्न आउनेहरुको भीड लागेको छ । अहिले सामान्यतः दैनिक ८० जना बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।

जिल्ला अस्पतालबाहेक ग्रामिण स्वास्थ्य केन्द्रमा पनि बिरामीको चाप बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । अहिले विभिन्न अस्पतालमा गरी दैनिक १ सय ७० जनासम्म बिरामी भर्ना हुने गरेको बताइएको छ ।

मौसम परिवर्तन, दूषित पानी तथा खानाका कारण बिरामीको संख्या उल्लेख्य बढेको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल धनकुटाका प्रमुख डाक्टर मदनकुमार उपाध्यायले जिल्लामा औषधिको समस्या नरहेको बताए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget