Websoft University

www.radiomakalu.com || 021-522512


रियो ओलम्पिकमा दक्षिण अफ्रिकाले ब्राजिललाई बराबरीमा रोक्यो

Olympic-Por-vs-Arg

काठमाडौं,साउन २१ गते । ब्रालिजको रियो दि जेनेरियो शहरमा आयोजित ३१औं ग्रिष्मकालिन ओलम्पिकको पुरुष फुटबलतर्फ घरेलु टोलीले १० खेलाडीमा समेटिएको दक्षिण अफ्रिकासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

पुरुष फुटबलको समूह ए मा रहेको ब्राजिलले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा हराउन सकेन । सुपरस्टार नेइमार प्रेरित ब्राजिलले खेल नियन्त्रणमा लिए पनि गोल भने गर्न सकेन । खेलको ५९औं मिनेटमा मोथोवी मभालाले दोहोरो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको दक्षिण अफ्रिकाले ब्राजिलको राष्ट्रिय रंगशालामा बहादुरी प्रदर्शन गर्दै बराबरीमा रोक्न सफल भयो ।

यसै समूहको अर्को खेलमा पनि डेनमार्क र इराकले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यस समूहमा सबै टोलीको समान १/१ अंक भएको छ ।

यता युरोपियन च्याम्पियन पोर्चुगलको युवा टोलीले समूह डी मा उपाधिको दावेदारमध्ये एक मानिएको अर्जेन्टिनालाई दुई शून्यले हराउँदै ओलम्पिकमा विजयी सुरुवात गर्‍यो ।

पोर्चुगलका लागि गोन्कालो प्यासेन्सियाले ६६औं मिनेटमा अग्रता दिलाएका थिए । ८४औं मिनेटमा पिटेले अग्रता दोब्बर बनाउँदै पोर्चुगललाई दुई शून्यको जित सुनिश्चित गराए ।

यसै समूहको अर्को खेलमा होण्डुरसले अल्जेरियालाई ३-२ को जित हासिल गर्न सफल भयो ।

यता समूह सी अन्तर्गतको खेलमा विश्वबिजेता जर्मनीको युवा टोलीले मेक्सिकोसँग दुई दुईको बराबरी खेल्यो । मेक्सिकोले दुई पटक खेलमा अग्रता लिएपछि जर्मनीले गोल फर्काउन सफल भएको थियो ।

यस समूहको अर्को खेलमा एशियाली महारथी दक्षिण कोरियाले फिजीबिरुद्ध शानदार जित हासिल गर्‍यो । कोरियाले फिजिको पोष्टमा ८ गोल गर्न सफल भयो । अझ एक पेनाल्टीको अवसर कोरियाली खेलाडीले सदुपयोग गर्न सकेनन् ।

यता समूह बी मा रहेको नाइजेरियाले अर्को एशियाली महारथी जापानबिरुद्ध ५-४ गोलको रोमाञ्चक जित हासिल गर्न सफल भयो । सुरुवातदेखि नै जापानबिरुद्ध आक्रामक देखिएको नाइजेरियाले पहिलो हाफमै ३-२ को अग्रता लिएको थियो । दोस्रो हाफको सुरुवातमै दुई गोल गरेको नाइजेरियाबिरुद्ध जापानले खेलको अन्त्यतिर दुई गोल फर्काएपनि खेल आफ्नो पक्षमा पार्न सकेन । नाइजेरियाका लागि पाँचमध्ये चार गोल २० बर्षीय मिडफिल्डर पिटर एटेवोले गरेका थिए ।

यो समूहको अर्को खेलमा स्वीडेन र कोलम्बियाले २/२ को बराबरी खेल्दै अंक बाँडे ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget