Websoft University

www.radiomakalu.com || 021-522512


बालुवाटारमा प्रधानमन्त्रीको भान्साबाटै भाँडाकुँडा गायव, प्रचण्ड आजै बालुवाटार सर्ने

प्रधानमन्त्रीले भने- नयाँ सामान नकिन्नू, पुरानैले काम चलाउनूPM-Quarter-Baluwatar

काठमाडौं, साउन २१ गते । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोट सरेपछि खाली भएको प्रधानमन्त्री निवास बालुवाटारमा किचेनका सामानहरु एकाएक हराएका छन् ।

प्रधानमन्त्री ओलीको बहिर्गमनलगत्तै प्रधानमन्त्रीको भान्साका सामानहरु कर्मचारीहरुले घर-घरमा लगेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री र मन्त्रीहरुले निवास छाड्दा यसरी सामानहरु चोरी हुने र हराउने गरेको यो पहिलो घटना होइन । विगतमा पनि यसैगरी सामानहरु हराउने गरेका थिए ।

हेर्नुहोस् मन्त्रीनिवासमा सामान चोरीसम्बन्धी समाचार-
मन्त्रीको ‘बाँदरे’ प्रवृत्तिः सोफाको चकटीदेखि एसीसमेत गायव
प्रधानमन्त्रीलाई बजाजको फ्यान, राष्ट्रपतिलाई हकिन्सको कराई !

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा सर्न लागेको थाहा पाएपछि कर्मचारीहरुले भान्सामा प्रयोग हुने भाँडाकुँडा र तन्नाहरु नयाँ किन्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा केही पनि नयाँ सामानहरु नकिन्न र पुरानै सामानहरुबाट काम चलाउन कर्मचारीलाई निर्देशन दिएको स्रोतले बतायो ।

पहिलोपटक प्रधानमन्त्री बनेका बेला प्रचण्डले एक लाखको पलङ खरिद गरेको चर्चा चलेको थियो । कर्मचारीले आफैं सामानहरु यो-यो चाहिन्छ भन्दै किन्ने गरेको बुझेपछि प्रचण्डले यसपटक पुरानै सामानबाट काम चलाउनु नयाँ नकिन्नु भन्ने निर्देशन दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

तर, भान्साका थाल बटुका र भाँडाकुँडाका साथै खाटमा ओछयाइने तन्नासमेत रातारात गायव पारिएकाले नयाँ किन्नैपर्ने भएको स्रोतले बतायो ।

बालुवाटार स्रोतका अनुसार प्रचण्ड शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्ने कार्यक्रम छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget