Websoft University

www.radiomakalu.com || 021-522512


विश्वका धेरै गर्भवतीमा आइरनको कमी


pregnant
विश्वका धेरै मानिसहरुको शरीरमा सुक्ष्म पोषण तत्व फलामको कमी देखा परेको छ । हालै गरिएको एक विश्वव्यापी अध्ययन अनुसार विश्वमा हरेक पाँच जनामा एक जना व्यक्ति आइरनको कमीबाट ग्रसित छन् । अझ गर्भवती महिलाहरुमा आइरन तत्वको कमी निकै जटिल रुपमा देखिएको छ ।

थाइराइड विकार तथा आइरनको कमीले महिलाहरुमा प्रसूति तथा भ्रुणमा समस्या उत्पन्न गराउने लगायतका जटिलता ल्याएको शोधकर्ताहरु बताउँछन् । आइरनको कमीले थाइराइडको समस्याको जोखिम बढ्ने गर्छ र यसका साथै गर्भ खेर जाने र समयभन्दा अगावै बच्चा जन्मिने जस्ता समस्या पनि देखा पर्ने गरेका छन् ।

आइरन थाइराइड पेरोक्सिडेस नामक तत्व सरीरको सामान्यतम क्रियातन्त्रका लागि आवश्यक हुन्छ । यो प्रोटिन थाइराइडको स्वस्थ क्रियाकलापका लागि आवश्यक हुन्छ ।

गर्भवती महिलालाई आफ्नो गर्भमा रहेको बच्चाको मस्तिष्कको पूर्ण विकाशका लागि यो हर्मोनको सन्तुलित मात्रा आवश्यक हुन्छ । अझ भ्रुणले आफ्नो सरीरमा थाइराइड ग्रन्थी विकशित गरिरहेको बेला आमाको सरीरमा उत्सर्जन हुने थाइराइड हर्मोनले ठूलो प्रभाव राख्दछ ।

१९ सय जना गर्भवती महिलामा गरिएको शोध युरोपियन जर्नल अफ इन्डोक्राइनोलोजीमा प्रकाशित छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget