Websoft University

www.radiomakalu.com || 021-522512


नेता दाहाल प्रधानमन्त्री निर्वाचित


काठमाडौँ, साउन १९ गते। नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद पुष्पकमल दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ ।

व्यवस्थापिका–संसद्मा आज भएको प्रधानमन्त्री पदको निर्वाचनमा ३६३ मत प्राप्त गरेर उहाँ मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित हुनुभएको हो ।

संसद्मा उपस्थित ५७३ मतदातामध्ये ३६३ जनाले नेता दाहालका पक्षमा र २१० जनाले विपक्षमा मतदान गरेका थिए ।

संसद्मा तत्काल कायम रहेको ५९५ सांसद सङ्ख्यामध्ये ३६३ नेता दाहालको पक्षमा रहेका र त्यो बहुमत भएको घोषणा गर्दै सभामुख ओन्सरी घर्तीले नेता दाहाल बहुमतले प्रधानमन्त्री निर्वाचित हुनुभएको जानकारी दिनुभयो ।

यसअघि बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा ९३० एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को ४९ उपनियम ९४० बमोजिम नेपालको प्रधानमन्त्री पदमा उहाँले आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्नुभएको थियो । संसद्को अर्को बैठक साउन २४ गते सोमबार ११ बजे बस्ने छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget