Websoft University

www.radiomakalu.com || 021-522512


भारतीय नागरिक पनि नेपालको सहिद !

राजेन्द्र महतो भन्छन्-सहिदको जात र राष्ट्रियता हेरिँदैनRajendra-Mahato
काठमाडौं, साउन २३ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका भारतीय नागरिकलाई पनि सहिद घोषणा गर्न सरकारसँग माग गरेको छ ।

मधेस आन्दोलनका क्रममा २ नोभेम्बर २०१५ मा वीरगञ्जमा भएको झडपका क्रममा आशिष रामको मृत्यु भएको थियो । उनी रक्सोलका भारतीय नागरिक हुन् ।

प्रचण्ड सरकारले हालैमात्र मधेस आन्दोलनका क्रममा मारिएकाको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । साथै गृह मन्त्रालयले तयार पारेको मृतकको सूचीमा छुटेकाहरुको नाम दिन मधेसी मोर्चालाई भनेको छ ।

मधेसी मोर्चाका नेता एवं सद्भावना अध्यक्ष राजेन्द्र महतोले सहिद घोषणाका लागि छुटेकाहरुको सूचीमा आशिष रामको नाम पनि राखिने अनलाइनखबरलाई बताए । उनले भने, कुर्वानी दिएपछि त सहिद घोषणा गर्नुपर्छ । जात र राष्ट्रियता हेरिँदैन ।’

राणा शासनविरुद्धको आन्दोलनका क्रममा जोगबनीमा मारिएका भारतीयलाई सहिद घोषणा गरिएको भन्दै महतोले अब मधेसी मोर्चाले सरकारलाई बुझाउने मृतकहरुको सूचीमा भारतीय नागरिक आशिष रामको पनि नाम समावेश गरिने बताए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget