Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्र र मुलुकले सम्झने काम गर्छु: प्रधानमन्त्री


काठमाडौँ, साउन २४ गते  ।   प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकले पछिसम्म सम्झनलायक काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज कास्कीको ढिकुरपोखरी–काठमाडौँ समाजले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकसामु संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, भूकम्पपछिको पुनःनिर्माणलगायतका महत्वपूर्ण कार्यभार रहेकाले ती काम पूरा गरेरै छाड्ने बताउनुभएको हो ।
Image result for prachanda



प्रधानमन्त्री दाहालले भन्नुभयो, “अघिल्लोपटक नौ महिनामा नै सरकार छोड्नुपर्ला भन्ने लागेको थिएन, त्यसैले समयमा धेरै काम गर्न सकिएन, तर यसपटक राष्ट्र र जनताले युगाँैसम्म सम्झनलायक काम गर्छु र मुलुकलाई एकताबद्ध बनाएर लैजान्छु ।”

प्रधानमन्त्रीले संविधानमा असन्तुष्टि जनाउँदै आएका दलको सहमतिमा संविधानको संशोधन, कार्यान्वयन, तीनवटा निर्वाचन सम्पन्न, सार्वजनिक सेवाको प्रभावकारिता र समृद्धि सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “मुलुकले आर्थिक समृद्धिको खाका खोजेको छ । त्यसका लागि परिणामुखी काम गर्ने पक्षमा छु । सबैको साथ र सहयोग रहोस् भन्ने कामना पनि गर्दछु ।”

उहाँले आफ्नो जन्म गाउँ ढिकुरपोखरीले शैक्षिक क्षेत्रमा ठूलो प्रगति गरेको भन्दै आधारभूत पूर्वाधार निर्माण र प्राविधिक क्षेत्रमा सहयोग उपलब्ध गराउने उल्लेख गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

ढिकुरपोखरीका अगुवा एवम् समाजका पदाधिकारीले आगामी निर्वाचनमा कास्की क्षेत्र नं ४ बाट निर्वाचनमा उठ्न अपिल गर्दै पोलिटेक्निकल कलेज, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा सहयोग गर्न आग्रह गरेका थिए । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget