Websoft University

www.radiomakalu.com || 021-522512


संसदमा विशेषदूत पठाउनुपर्ने कारण माग



काठमाडौँ, भदौ १२ गते । व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्रीले उपप्रधानमन्त्रीद्वयलाई विशेषदूतको रुपमा छिमेकीमूलुकमा पठाउनुपर्ने कारण बारेमा प्रश्न उठाएको छ ।

संसद्को आजको बैठकमा समय माग गर्दै एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सयुक्त राष्ट्र सङ्घ र पञ्चशीलको सिद्धान्त विपरित के परिस्थिति परेर सरकारले उपप्रधानमन्त्रीलाई दूत बनाएर छिमेकीमुलुकमा पठाउनु प¥यो ? भनी प्रश्न गर्नुभएको हो ।

सांसद रावलले मुलुकको सार्वभौमसत्ताप्रति सरकार संवेशनशील हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीलाई गरेको पत्राचारको बारेमा पनि स्पष्ट पार्न माग गर्नुभयो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री दाहालको विशेष दूतकोरुपमा केही दिनअघि उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि भारत र उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीन जानुभएको थियो ।

बैठकमा सांसद अग्नि खरेलले वर्तमान सरकार निर्माणका बेला भएका विभिन्न सहमति र सम्झौताका बारेमा टिप्पणी गर्दै सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन के काम गरिरहेको छ ? भनी प्रश्न गर्नुभयो ।

यसअघि निर्धारण भएको स्थानीय निकायको निर्वाचन समयमै हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्दै संविधान कार्यान्वयनमा हिजोको सरकारले बनाएको तालिकाको कार्यान्वयनका बारेमा पनि जानकारी माग गर्नुभयो ।

२०७४ साल माघ ७ सम्म संसद्को म्याद भएकाले त्यस अवधिसम्म संविधान कार्यान्वयनका लागि निर्वाचन हुन्छ कि हुदँैन भन्दै उहाँले संविधान सर्वस्वीकार्य बनाउने काममा संसद्लाई आश्वस्त पार्नुपर्ने पनि माग गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget