Websoft University

www.radiomakalu.com || 021-522512


नव जनवादी क्रान्तिको तयारी भइरहेको छ- वैद्य



बुटवल (खस्यौली), भदौ ९ गते । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले पार्टीले नव जनवादी क्रान्तिको तयारी गरिरहेको बताउनुभएको छ ।

जारी संविधान दक्षिणपन्थी नवसंशोधनवादमा आधारित, २०४७ कै निरन्तरता भएकाले त्यसलाई कदापि स्वीकार्न नसकिने बताउँदै उहाँले उक्त संविधानलाई खारेज नै गर्नुपर्ने जिकिर गर्नुभयो ।

उहाँले संविधानले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको कुरालाई नसमेटेकाले त्यसकै लागि उक्त पार्टीले जनवादी क्रान्तिको तयारी गरिरहेको बताउनुभयो ।

पार्टीको राष्ट्रिय भेला तथा केन्द्रीय समितिले गरेका निर्णयका बारेमा कार्यकर्तालाई प्रशिक्षण गर्न बुटवल आउनुभएका अध्यक्ष वैद्यले बिहीबार बिहान पत्रकारहरुसँगको भेटघाटमा मुलुकमा पुरानै राजनीतिक धारलाई टिकाइराख्ने र आफूले हालीमुहाली गर्ने तथा पुरानो राजनीतिक धारलाई झुकाउने दुई धारमा मुलुक रुमलिएको बताउनुभयो ।

उहाँले असमान सन्धि सम्झौता खारेज नहुँदासम्म भारतले नेपालमाथि गर्ने व्यवहार हेपाहा प्रवृत्तिको हुने उल्लेख गर्नुभयो ।

वर्तमान सरकारले दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई विशेष दूतका रुपमा भारत र चीन पठाएको कुराले पनि मुलुकका लागि राम्रो सङ्केत नगरेको अध्यक्ष वैद्यले टिप्पणी गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget