Websoft University

www.radiomakalu.com || 021-522512


मानव बेचबिखनको आरोपमा एक भारतीयसहित दुई पक्राउ

Hatkadi

कपिलवस्तु,साउन १८ गते । डाक्टरसँग बिहे गराइदिने भन्दै दाङकी एक किशोरीलाई भारत लाँदै गरेको अवस्थामा दुईजना दलालहरुलाई कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले पक्राउ गरेको छ ।

दाङ्ग घर भएकी आशा (नाम परिबर्तनलाई) प्रलोभनमा पारी डाक्टरसँग विवाह गराइदिने भनेर कृष्णनगरको बाटो हुँदै भारत लान लागिएको अवस्थामा कृष्णनगरमा रहेको मानब बेचबिखन तथा ओसारपोसार बिरुद्ध क्रियाशिल संस्था के.आई नेपाल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल राजश्व भन्सार सुरक्षा गुल्म कृष्णनगरको संयुक्त टोलीले पीडितको उद्धार र दलालहरुलाई पक्रन सफल भएको हो ।

किशोरीलाई प्रलोभनमा पारेर बेच्न लागेको आरोपमा पक्राउ पर्नेमा दाङ घर भएकी ३४ बर्षीया मीना घोराली र भारत बलरामपुरका ५८ बर्षका जफर अहमद सिद्धिकी छन् ।

डक्टरसँग्ा विवाह गर्दा सुखसँग बस्न पाइने भन्दै बिभिन्न आश्वसनमा पारेर मीनाले आशालाई कृष्णनगरको बोर्डर कटाउदै गर्दा संका लागेर सोधपुछ गर्दा रहस्य खुलेको हो ।

सानैमा बाबुको मृत्यु भएको र आमाले छोडेर गएपछि बेसहारा बनेकी आशाको सानै उमेरमा विहे भएको, विहेपछि पनि पतिसँग सम्बन्ध बिगि्रएको र घोराहीमा एक्लै बसेको प्रहरीले जनाएको छ ।

घोराहीमा रहँदा आशा मीनाको सम्पर्कमा आएकी थिइन् । गरिवी र अभावबीचको आशाको अवस्थाको फाइदा उठाउँदै मीनाले भारतीय डाक्टरसँग विहे गरेर सुखी जीवन बिताउने प्रलोभन दिएर भारत बेच्न लागेको प्रहरीको भनाइ छ ।

अनेकांै झुटा आश्वासन दिई घरमा कुनै जानकारी नदिई योजनाबद्ध रुपले सीमा पार गराउन खोज्नु राम्रो नियतले लान नखोजिएको के.आई नेपालका जिल्ला संयोजक केशर बिशकर्माले बताउनुभयो

पक्राउ परेका एक भारतीय र एक नेपालीलाई मानब बेचबिखन तथा ओसार पोसार मुद्धा चनलाउने तयारीमा रहेको इलाका प्रहरी कार्यलयका प्रमुख सञ्जय रिजालले जानकारी दिए ।

पिडीत किशेारी हाल के.आइ नेपाल कृष्णनगरको आपतकालिन गृहमा छिन् । आशाको इच्छा आनुसार के.आइ नेपालको सुरक्षित गृह चितवन पठाउने तयारी भइरहेको संस्थाका कपिलबस्तु संयोजक बिशकर्माले बताए ।-सनिउल्ला धोबी,अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget