Websoft University

www.radiomakalu.com || 021-522512


उत्तर कोरियाको नयाँ महाविनाशकारी मिसाइल, यसैमा घमण्ड गर्छन् किम जोंग

उत्तर कोरियाको नयाँ महाविनाशकारी मिसाइल, यसैमा घमण्ड गर्छन् किम जोंग

उत्तर कोरियाका तानाशाह किम जोंग उनको क्रुरता दिनप्रति दिन बढ्दो छ । तीन दिन पहिले मात्र उनले ओलम्पिकबाट खाली हात फर्कने खेलाडीहरुलाई कोइला खानीमा काम गर्ने आदेश दिएका थिए र अब उनी संसारको सबैभन्दा शक्तिशाली देश अमेरिकामाथि परमाणु हमला गर्ने धम्की दिएका छन् ।

आखिर किम किन यति धेरै क्रुर छन् । उनीसँग त्यस्तो के ताकत छ जसका कारण उनी संसारको सबैभन्दा शक्तिशाली देशलाई बारम्बार चेतावनी दिन्छन् ? किनभने उनीसँग महाविनाश गर्नसक्ने क्षमता छ । उनीसँग भएको ब्यालिस्टिक मिसाइलले यो कुरामा मद्दत गर्नेछ । यहि परमाणु हतियार नै उनको ताकत हो ।

स्मरण रहोस्, यहि वर्ष जनवरी ६ तारिखका दिन उत्तर कोरियाको उत्तर–पूर्वी इलाका ५.१ तिब्रताको भूकम्पको झट्काले हल्लिएको थियो । तर पछि थाहा भयो कि झट्काको कारण भूकम्प नभई परमाणु बमको परिक्षण थियो । किम खतरनाक हतियारका शौखिन हुन् ।

उत्तर कोरियासँग महाविनाशका यस्ता हतियार छन्ः

– यो देशसँग १५ देखि २५ एटम बम भएको अनुमान गरिन्छ ।

– यसका साथै यो देशले हाइड्रोजन बम बनाउने दाबीसमेत गरेको छ ।

मिसाइलहरुको कुरा गर्नुपर्दाः KN-1 मिसाइलको रेन्ज ११० किलोमिटरसम्म रहेको छ ।

KN-2 को रेन्ज १२० किलोमिटर छ ।

ह्वासंग–५ मिसाइलको रेन्ज ३३० किलोमिटरसम्म रहेको छ ।

ह्वासंग–६ को भने ७०० किलोमिटर रहेको छ ।

रोडन्ग–१ मिसाइलको रेन्ज १६०० किलोमिटर छ ।

मुसुडेनः यो मिसाइलको रेन्ज ४ हजार किलोमिटर रहेको छ ।

यस बाहेक किम जोंगसँग विषालु ग्याँस पनि रहेको छ । जानकारीका अनुसार उत्तर कोरियासँग करिब ५ हजार टन मस्टर्ड ग्याँस, सेरिन र नर्व ग्याँस छन् ।- एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget