Websoft University

www.radiomakalu.com || 021-522512


शुक्रकिटमा ६ महिनासम्म रहन्छ जिका भाइरस

jika

जिका भाइरस संक्रमित मानिसको शुक्रकिटमा ६ महिनासम्म बाँच्न सक्ने देखिएको छ । हालै जिका संक्रमित एक इटालियन पुरुषको शुक्रकिटको जाँचका क्रममा यस्तो पाइएको छ । पहिलोपटक ६ महिनाअघि जिका भाइरस संक्रमणको लक्षण देखिएका ती व्यक्तिको हालै शुक्रकिट जाँच गर्दा जिका पाइएको थियो ।

इटालीको रोमस्थित स्प्लान्जानी इन्स्टिच्युट फर इन्फेक्टियस डिजिजेजका डक्टरहरुका अनुसार जिका भाइरसले पुरुषको यौनांगभित्र प्रजनन गरेर भाइरसको संख्यामा बढोत्तरी गर्ने सम्भावना समेत देखिएको छ ।

पुरुषको शुक्रकिटमा लामो समयसम्म जिवित रहने र प्रजनन अंगभित्रै भाइरसले पनि प्रजनन गर्ने सम्भावना देखिएबाट जिका भाइरस यौन सम्पर्कबाट समेत सर्नसक्ने सम्भावना बढेको डाक्टरहरुले बताएका छन् ।

अहिलेसम्म जिका संक्रमित पुरुषहरुले यौन सम्पर्क गर्दा संक्रमण देखिएको ६ महिनासम्म यौन सम्पर्क नगर्ने वा कण्डम लगाएर मात्र यौन सम्पर्क गर्ने सल्लाह दिने गरिएको थियो । तर ६ महिनासम्म पनि भाइरसहरु शुक्रकिटमा देखिएको पछिल्लो प्रमाणपछि अब संक्रमणको ६ महिनापछि समेत यौन सम्पर्क असुरक्षित हुने र परीक्षण गराएर मात्र यौन सम्पर्क गर्नुपर्ने आवश्यकता खटि्कएको शोधकर्ताहरुको भनाई छ ।

लामखुट्टेले सार्ने जिका भाइरसको संक्रमणबाट विश्वमा हजारौँ मानिसहरु र खासगरी शिशुहरु प्रभावित भएका छन् । गत फेब्रुअरीमा विश्व स्वास्थ्इ संगठनले जिका संकटकाल नै घोषणा गरेको थियो ।

इटालियन शोधकर्ताहरुको पछिल्लो रिपोर्टलाई अध्ययन गरिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget