Websoft University

www.radiomakalu.com || 021-522512


पोर्टोरिकोलाई ओलम्पिक इतिहासको पहिलो स्वर्ण


टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता ४ वटा ग्रान्ड स्लाममा चौथो राउन्डभन्दा माथि उक्लिन नसकेकी मोनिका पुइगले पोर्टोरिकोलाई ऐतिहासिक सफलता दिलाएकी छिन्।

३४ औं वरियताकी २२ वर्षीय मोनिकाले रियोमा महिला टेनिसतर्फ स्वर्ण जितेकी छिन्। ओलम्पिक इतिहासमा पोर्टोरिकोले स्वर्ण जितेको यो पहिलो अवसर हो। उनले आइतबार बिहान जर्मनीकी एन्जेलिक्यु केबेरलाई फाइनलमा ६–४, ४–६ र ६–१ को सेटमा पराजित गरिन्। केबेरको वर्तमान वरियता २ छ। केबेरले यसै वर्ष अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। उनी विम्बल्डनको फाइनलमा पुगेकी थिइन्।

‘ओलम्पिक ममा मात्र सिमित रहदैन्’, जीतपछि उनले भनिन्–‘यो पोर्टोरिकोका लागि हो।’ पोर्टोरिकोको ओलम्पिक सहभागितामा हालसम्म ८ वटा पदक जितेको छ। यी सबै पदक पुरुष खेलाडीले मात्र जितेका थिए। यसमध्ये ६ पदक बक्सिङले जितेका थिए।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget