Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्डले भने- ठूलो सपना नदेखाऔं, जनसेवामा लागौं

Prachand-and-Kisan-Krantika

काठमाडौं,भदौ ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई ठूलो सपना देखाउनु भन्दा जनसेवामा लाग्नुपर्ने बताएका छन् । उनले जनताको ध्यान तत्काल राहत पाउने कुरामा केन्द्रित भएको पनि बताए ।

बुधबार माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले पेश गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

‘जनताको ध्यान तत्कालको राहतमा छ, हामीले ठूला सपना देखाउनु भन्दा पनि जनताको जीवनस्तर बदल्न राहत र प्रभावकारी जनसेवामा लाग्न जरुरी छ,’ ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने ।

उनले सिंहदरवारलाई व्यवस्थित गरेर राज्यका सबै अंगलाई जनहितमा बदल्नुपर्ने बताए ।

प्रधानमन्त्रीले सरकार जनताको जीवन बदल्न प्रयासरत रहेको भन्दै भने, ‘सिंहदरबारमै बसेर जनताको पक्षमा काम गर्ने सोंच छ । सिंहदरबारलाई व्यवस्थित गर्न सकियो भने प्रशासन संयन्त्र र राज्यका अंगहरुलाई जनताको हितमा बदल्न सकिन्छ ।’

आफूले चुनौतिपूर्ण अवस्थामा सरकारको नेतृत्व गर्ने अवसर पाएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसलाई जनता र राष्ट्रको पक्षमा उपयोग गर्ने बताए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget