ट्याटुले भरिएका, ६ फुट अग्लो, चिसो खैरो आँखा भएका कार्ल पांजराम नामका एक व्यक्ति सन् १९२० मा जहाजमार्फत एक व्यापारिको रुपमा काम गर्न एन्गोला जाँदै थिए । लोबिटो बे भन्ने स्थानमा पुगेपछि उनले गोहीको शिकार गर्नका लागि आधा दर्जन स्थानीय गाइडलाई भाडामा लिए । तर पांजरामको दिमागमा अर्कै कुरा खेलिरहेको थियो । उनीहरुले गोहीको शिकार गर्न सुरु मात्रै के गरेका थिए कार्लले उनलाई एकएक गरी गोली हानी हत्या गरे तत्पश्चात् भोका गोहीहरु भएको पोखरीमा ती सबैको शवलाई फालिदिए ।
यो उनले गरेका अनगिन्ती हत्यामध्येको एक हो । उनको स्विकारोक्ति अनुसार उनले २१ जनाको हत्या गरेका छन् भने एक हजारभन्दा बढि किशोर र पुरुषहरुको बलात्कार गरेका छन् । सिरियल किलर टेड बन्डी र रोड्नी अल्कालाभन्दा उनी इमान्दार छन् । ‘यी सबै हत्याहरुका लागि मलाई कुनै पछुतो छैन,’ उनले आफ्नो जेल जीवनको दौरान लखेको आत्मकथामा उल्लेख छ । ‘म सम्पूर्ण मानव जातीलाई घुणा गर्छु, मलाई पनि ।’
सन् १८९१ मा मिनेसोटाको गरिब परिवारमा जन्मिएका उनी ८ वर्षको हुँदा बुवाले छोडेर गए । विभिन्न अवस्था पार गरेपछि उनले स्नातक तह उत्तिर्ण गरे । स्नातक उत्तिर्ण गरेपछि उनीसँग काम गर्नको लागि केही पनि थिएन । त्यसकारण उनको दिन भाडाको ट्रेनमा सुतेरै बित्न थाल्यो ।
एक दिन जब उनी बक्सकारको यात्रामा थिए तब उनलाई यात्रीहरुले सामूहिक रुपमा बलात्कार गरे । उनी त्यसपछि ‘दुखी, निश्चित तर समझदार युवा’ मा परिणत भएको कार्ललले लेखेका छन् ।
सन् १९१५ मा उनले क्यालिफोर्नियाको इदाहोमा भ्रमण गरे । यसका साथै उनले कोलम्बिया रिभरका विभिन्न स्टेटमा पनि भ्रमण गरे, त्यतिबेलादेखि नै उनले अनिगिन्ती किशोर तथा पुरुषहरुलाई बलात्कार गर्न सुरु गरे । त्यतिबेलै चोरी डकैतीको मामलामा कार्ललाई ओरिगन स्टेट पेनिटेन्सरीले सात वषको जेल सजायँ सुनाएको थियो । उनलाई सजायँ दिलाउनका लागि जेलका वार्डनले छतमा घण्टौंसम्म झुण्ड्याए, उनको छालाभित्र पाइप छिर्याए, उनलाई थुप्रै हप्तासम्म एक्लै थुनियो र खानामा साङ्लाबाहेक केही दिएनन् ।
सन् १९१८ मा जेलबाट भाग्न सफल भएपछि उनले पहिलो हत्या प्रयास गरे । न्यूयोर्कमा चोरेको पैसा उपयोग गरेर किनेको डुङ्गालाई चलाउनका लागि उनले ‘सेलर्स’ लाई भाडामा लिए । रक्सीको मातमा कार्लले उनीहरुलाई सुत्ने अनुमती दिए, निदाएको केही बेरमा नै उनले गोली हाने – सबै १० जनालाई । त्यसलगत्तै उनले एंगोलामा आफ्नो डुङ्गासहित यात्रा गरे । त्यहाँ उनले एक किशोरको बलात्कार गरी हत्या गरे र गोहीको शिकार गर्नुपूर्व ती किशोरको शव गोहीहरुलाई उपहारस्वरुप दिए ।
एक वर्ष जति उनी लिस्बनको एक ढुङ्गामा लुकेर बसे । लगत्तै उनी ढुङ्गामार्फत नै अमेरिका छिरे ।
सन् १९२८ मा कार्ललाई असंख्य चोरी गरेको आरोपमा वासिङ्टन डिसीमा समातियो । जब उनलाई वार्डेनले भाग्ने प्रयास गरिरहेको देखे तब उनलाई हात खुट्टा बाँधेर बिममा झुण्ड्याइयो । उनलाई बेहोस हुनेगरी कुटियो । कार्लको स्थिती देखेर २६ वर्षीय जेलका गार्डले उनलाई खाना र चुरोट किन्नको लागि १ डलर दिए । केही समयपछि यी दुई साथी भए । प्रत्येक दिन ती गार्डले कार्ललाई पेन्सिल र कागज दिन्थे– आफ्नो कथा लेख्ने सुझावसहित ।
उनलाई अमेरिकाको कान्सासस्थित पेनिटेन्सियरी, लियभेनवर्थमा २५ वर्षको जेल सजायँ सुनाइयो । त्यहाँ उनले ‘लन्ड्री फोरम्यान’ रोबर्ट वार्नकिको छाउकोमा फलामको रड छिराए जसका कारण उनको घटनास्थलमा मृत्यु भयो । धेरै वर्षको गाली गलौजपछि यो उनको आत्महत्याको एउटा माध्यम बन्यो । सन् १९३० सेप्टेम्बरमा उनले चाहेको मृत्यु प्राप्त गरे ।-मेलिसा पण्डिका / द डेली डोज
Post a Comment