Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रिय समझदारी अपरिहार्य छ– प्रम



काठमाडौँ, साउन २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय विषयका लागि राष्ट्रिय समझदारी अपरिहार्य रहेको बताउनुभएको छ ।

आफूलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको नेपाल पत्रकार महासङ्घको टोलीसँग कुरा गर्दै उहाँले नयाँ कानुन बनाउन, भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन, संविधान कार्यान्वयन गर्न र संविधान संशोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेकामा जोड दिनुभयो ।

मुलुकका ठूला राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका सकारात्मक र प्रगतिशील रहेको स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “राष्ट्रिय समझदारी निर्माणमा पनि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण छ ।”

उहाँले संविधानले आन्दोलनका उपलब्धि र जनताका महत्वपूर्ण मौलिक हकको व्यवस्था गरे पनि असन्तुष्ट देखिएका पक्षलाई सम्बोधन गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “अझै पनि युद्धका बेलाका मुद्दाको स्थिति के हुने हो, यससम्बन्धी बनेका आयोगले कसरी काम गर्ने हुन् भन्ने सवाल अहम् छ । यो प्रक्रिया टुङ्याउनका निम्ति हामी युद्धबाट आएका पक्ष बढी गम्भीर छौँ ।” शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधान कार्यान्वयन अहिलेका मूलभूत विषय भएको उहाँले अवगत गराउनुभयो ।

आफू सदैव श्रमजीवी पत्रकारका पक्षमा रहेको स्पष्ट पार्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले आजै बिहान सञ्चार क्षेत्रका लगानीकर्ताको समूहले सरकारले हालै वृद्धि गरेको पत्रकारको न्यूनतम पारिश्रमिकले निकै अप्ठ्यारो परेको कुरा मार्मिक रुपमा राखेको जानकारी गराउनुभयो ।

लगानीकर्ताले भूकम्प र नाकाबन्दीका कारण सञ्चार क्षेत्रमा ठूलो असर परेकाले वृद्धि भएको पत्रकारको न्यूनतम पारिश्रमिकमा पुनःविचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

भेटमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले मुलुकमा भएका ठूला परिवर्तनका कार्यभारलाई संस्थागत गर्न सञ्चार क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरेको स्मरण गराउँदै हालै जारी भएको सञ्चार नीति कार्यान्वयनका लागि आवश्यक कानुनको परिमार्जन गर्न सरकारका तर्फबाट सहयोगको अपेक्षा गर्नुभयो ।

उहाँले पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारले हरसम्भव प्रयास गर्नुपर्ने आग्रह गर्दै सञ्चार क्षेत्रको समग्र विकासका लागि श्रमजीवी पत्रकारको पेसागत र भौतिक सुरक्षा तथा सञ्चार उद्योगको विकास दुवै दुष्टिकोणबाट हेर्नुपर्ने धारणा राख्नुभयो ।

भेटमा महासङ्घका महासचिव उजिर मगरले प्रधानमन्त्रीलाई महासङ्घका तर्फबाट बधाइ तथा शुभकामना दिँदै पत्रकारले भोग्नुपरेको चुनौतीका बारेमा अवगत गराउनुभएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget