Websoft University

www.radiomakalu.com || 021-522512


सरकारसँग मधेसी मोर्चा असन्तुष्ट

Madhesi-Morcha
फाइल फोटो
काठमाडौं,भदौ ६ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन गरेर प्रदेशको सीमांकन हेरफेरका लागि छलफल अगाडि नबढाइएको भन्दै असन्तुष्टि जनाएको छ ।

सरकार गठन भएको तीन साता भइसक्दा पनि संविधान संशोधनको विषयमा आफूसँग छलफल नगरिएको भन्दै असन्तुष्टि जनाएको हो ।

सोमबार तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मधेसी मोर्चाको बैठकले संविधान संशोधन मुलुकको आन्तरिक विषय भएको र यस विषयमा मुलुकभित्रका शक्तिबीच छलफल आवश्यक पर्नेमा सरकारले छिमेकी मुलुकलाई प्राथमिकता दिनु चित्तबुझ्दो नभएको ठहर गरेको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले संविधान संशोधनको विषयमा छलफल अगाडि नबढाइएको बारेमा आधिकारिक धारणा तय गर्न दुई/तीन दिनभित्रै मोर्चाका शीर्ष नेताको बैठक बस्ने जानकारी दिए ।

मोर्चाको सचिवालयले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहिद् घोषणा गरी आन्दोलनका क्रममा भएको ज्यादती छानविनका लागि न्यायिक आयोग गठन गरिएकामा भने खुशी प्रकट गरेको छ । यद्यपी आन्दोलनमा ज्यान गुमाएका कतिपयको नाम भने सहिद्को सूचीमा छुटेको मधेसी मोर्चाको भनाइ छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget