Websoft University

www.radiomakalu.com || 021-522512


दश नयाँ सामुदायिक वन हस्तान्तरण

 

भोजपुर, साउन १८ गते  । गत आव २०७२÷७३ मा जिल्ला वन कार्यालय भोजपुरले १० वटा नयाँ सामुदायिक वन स्थानीय समुदायलाई हस्तान्तरण गरेको जनाएको छ ।

जिल्ला वन कार्यालयले ६० वटा सामुदायिक वनको विधान तथा वन कार्ययोजना समेत संशोधन गरेको छ । भोजपुरमा हालसम्म ५४८ वटा सामुदायिक वन स्थानीय समुदायलाई हस्तान्तरण गरिसकिएको छ ।

जिल्लाको कुल ८२ हजार हेक्टर वन क्षेत्रमध्ये ५१ प्रतिशत समुदायलाई हस्तान्तरण गरिसकिएको जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिनुभयो ।

भोजपुरमा ५४८ सामुदायिक वन, १९० कबुलियती वन र तीन धार्मिक वन रहेका छन् । समुदायलाई हस्तान्तरण गरेको वनमा करिब रु ५१ हजार घरधुरी आबद्ध रहेको जिल्ला वन कार्यालय भोजपुरले जनाएको छ ।

भूसंरक्षण दिवसमा वृक्षारोपण

यसैबीच, जिल्ला भूसंरक्षण दिवस एक महिने अभियानअन्तर्गत सोमबार विद्योदय उच्च माध्यमिक विद्यालय भोजपुरमा रुद्राक्ष, गुलाफ, धुपी, तेजपात, मसला र अम्लिसोसहित ६२६ बिरुवा वृक्षारोपण गरिएको छ ।

जिल्ला भूसंरक्षण कार्यालयको संयोजनमा विद्यालयमा विभिन्न जातका बिरुवा रोपण गरिएको भूसंरक्षण कार्यालय भोजपुरका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिनुभयो ।

यसैगरी, अभियानअन्तर्गत नै भूसंरक्षण कार्यालय भोजपुरले थामडाँडा ट्याम्के सिलिचुङ कृषि सहकारी संस्थालाई विभिन्न जातका एक हजार ४०० बिरुवा निःशुल्क उपलब्ध गराएको प्रमुख मिश्रको भनाइ छ ।

यसैबीच, सेनाको रणबम गण भोजपुरले पनि भोजपुर काफ्लेका कृषक दिलीपकुमार तामाङलाई एक हजार अम्लिसोको बिरुवा निःशुल्क उपलब्ध गराएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget