Websoft University

www.radiomakalu.com || 021-522512


पहिलो बैठकमा स्ववियु निर्वाचनबारे छलफल हुने


नेपाल विद्यार्थी सङ्घको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे छलफल हुने भएको छ ।

नेविसङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको आगामी बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पहिलो वैठकमा स्ववियु निर्वाचनबारे छलफल गर्न लागिएको नवनिर्वाचित केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।

यस्तै, बैठकमा विद्यार्थीले सवारी आवतजावतमा पाउने सहुलियत, आगामी नेपालको शिक्षा प्रणालीको बारेमा समेत छलफल हुनेछ।

नौ वर्षपछि भदौ ३ गते सम्पन्न महाधिवेशनले नैनसिंह महरलाई अध्यक्ष पदमा निर्वाचित गरेको थियो। बैठक बिहीबार बिहान ८ बजे निर्वाचन समितिबाट प्रमाणपत्र प्राप्त गरेलगत्तै बस्नेछ ।

सोही दिन नेविसङ्घको निवर्तमान केन्द्रीय समितिले काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा नवनिर्वाचित समितिलाई सम्मान गर्ने कार्यक्रम रहेको निवर्तमान मुख्यसचिव शिव रिमालले जानकारी दिए।- रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget