Websoft University

www.radiomakalu.com || 021-522512


एएफसी कप प्लेअफको पहिलो खेलमा थ्रीस्टार बिजयी


Three-Star-Club
काठमाडौं,भदौ ५ गते । एएफसी कप छनौट प्लेअफका लागि मंगोलियामा रहेको नेपाली लिग च्याम्पियन थ्रीस्टार क्लवले पहिलो खेलमा जित हासिल गरेको छ ।

मंगोलियाको लिग च्याम्पियन इर्चिम फुटबल क्लवसँगको खेलमा थ्रीस्टारले उत्कृष्ट प्रदर्शन गर्दै २-० गोलको जित आत्मसाथ गरेको हो । घरेलु टोलीलाई हराउँदै थ्रीस्टारले एएफसी कप छनौटको संभावना जीवितै बनाएको छ ।

थ्रीस्टारले खेलको पहिलो र दोस्रो हाफमा १/१ गोल गर्‍यो । १३औं मिनेटमा बिदेशी स्ट्राइकर मार्टिनले सुरुवाती गोल गरेका थिए । त्यस्तै दोस्रो हाफमा उसले अग्रता दोब्बर बनायो । ७६औं मिनेटमा कप्तान बिक्रम लामाले गोल गरे ।

छनौट प्रतियोगिताको समूह बी मा रहेको थ्रीस्टारले मंगलबार कम्बोडियाको नागावर्ल्ड क्लवसँग खेल्दैछ । त्यस खेलमा थ्रीस्टारले जीत हासिल गरेमा समूह बिजेता बन्दै अर्को चरणमा प्रबेश पाउनेछ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget