काठमाडौं,साउन १९ गते । बुधबार सुनको मूल्य तीन वर्षयताकै उच्च विन्दुतर्फ अघि बढेको छ । सुन आज एकै पटक ५ सय रुपैयाँले बढेर प्रतितोला ५९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यसअघि २०७० साल बषर्ा सिजनको मध्यमा सुनको मूल्य ६० हजार रुपैयाँ माथि थियो । फेरि सुनको मूल्य बढ्ने क्रममा देखिएपछि सुनबजारमा विक्री नै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बेलायत युरोपियन युनियनबाट बाहिरिने निर्णय भएसँगै एकैदिनमा सुनको मूल्य ३ हजारले बढेर ५९ हजार रुपैयाँ भएको थियो । त्यसपछि बजारमा समान्य घटबढ देखिएको थियो ।
चाँदी बुधबार ९ सय २० रुपैयाँ प्रतितोलामा काारेबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्दै गर्दा तीजको मुखमा नेपाल ीबजार भने प्रभावित भएको महांघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।-अनलाइनखबरबाट
Post a Comment