Websoft University

www.radiomakalu.com || 021-522512


विप्लव माओवादीका प्रवक्ताको तर्क-प्रचण्डले ओलीको भन्दा खत्तम काम गर्छन्

प्रधानमन्त्रीको बाटोमा पूर्वमाओवादी समूहको 'डिस्टर्ब'Khadka-bahadur-bk,-mao-leader
काठमाडौं,साउन २२ गते । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि उनको पार्टीभित्र निराश अवस्थामा रहेका कार्यकर्ताहरुमा उत्साह आएको छ । हिजो प्रचण्डलाई सत्तोसराप गर्ने पूर्व माओवादी लडाकूहरु अहिले प्रचण्डलाई नोबेल पुरस्कार दिनुपर्छ भन्न थालेका छन् ।

यो अवस्थामा माओवादी केन्द्रमा आवद्ध नभएका माओवादी समूहका नेता कार्यकर्ताले के सोचिरहेका होलान् ? यसबारे हामीले विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई टेलिफोन गरेर सोध्यौं- ‘माओवादी नेता प्रचण्डको नेतृत्वमा सरकार बनेको छ, यसबारेमा तपाईको पार्टीको प्रतिक्रिया के छ ?’

जवाफमा बिकले केपी ओली र प्रचण्डवीच कुनै भिन्नता नरहेको मात्रै बताएनन्, प्रचण्ड नेतृत्वको सरकारले केपी ओलीको भन्दा खराब काम गर्ने ठोकुवासमेत गरे । उनले भने- ‘यो संसदीय व्यवस्थाभित्रको खेल हो, व्यक्ति परिवर्तन हुँदैमा केही हुनेवाला छैन, अझ हेरिराख्नुहोला, शेरबहादुर देउवा र प्रचण्डले केपी ओलीको भन्दा खत्तम काम गर्नेछन् ।’
शेरबहादुर देउवासँग मिलेर जनताको पक्षमा काम हुन नसक्ने प्रवक्ता बिकले ठोकुवा गरे ।

आफूहरुले अहिलेको संसदीय व्यवस्था नमान्ने र जनवादी राज्यसत्ताका लागि लाग्ने भन्दै बिकले माओवादी केन्द्रसहित संलग्न ओली सरकारले सुकुम्बासीमाथि दमन गरेको आरोप लगाए । सुकुम्वासीमाथि सरकारले गरेको दमनको विरोधमा आफूहरुको संघर्ष जारी रहने बिकले बताए ।

वैद्य माओवादी पनि सडकमा

यसैवीच पार्टी एकता प्रक्रियामा नआएको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले पनि सरकारविरुद्ध सडक आन्दोलन जारी राख्ने बताएको छ । व्यवस्थापिका संसदले प्रचण्डलाई प्रधानमन्त्री चयन गरेकै दिन जारी वैद्य माओवादीको वक्तव्यमा सुकुम्वासी समस्या, कर्णाली परियोजना भारतलाई दिने निर्णयको विरोध आदि विषयमा सडक संघर्ष गर्ने बताइएको छ ।

प्रचण्डको नेतृत्वमा सरकार गठन भए पनि पूर्वमाओवादी समूहहरु प्रचण्डको सरकारप्रति सहयोगी एवं सकारात्मक देखिएका छैनन् । बरु प्रचण्डलाई असफल पार्ने गरी आलोचना गर्ने र सडक आन्दोलन चर्काउने मुडमा उनीहरु देखिन्छन् ।

दोस्रो संविधानसभाको चुनाव बहिस्कार गरेको वैद्य माओवादीले देशका कतिपय स्थानमा आर्थिक देनदेन गरेर एमाओवादीलाई हराएको चर्चा यसअघि पनि चलेको थियो । अहिले पनि यी माओवादी समूहहरु प्रचण्ड सरकारलाई सफल हुन नदिने बाटोमा लागेेको देखिएको छ ।

त्यस्तै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले प्रचण्ड प्रधानमन्त्री भएकोमा वक्तव्य निकालेर औपचारिक रुपमा बधाइ दिएको छ । तैपनि डा. भट्टराईले शनिबार झापामा प्रचण्डको दिनगन्ती सुरु भयो भन्नुले प्रचण्ड सरकारप्रति नयाँ शक्तिले पनि साथ नदिने देखिएको छ ।

प्रचण्डको भूमिका कस्तो होला ?

त्यसो त विगतमा आफूसँगै काम गरेका मोहन वैद्य, विप्लव र बाबुराम भट्टराईहरुलाई प्रधानमन्त्री प्रचण्डले कत्तिको महत्व दिन्छन्, त्यसले पनि उनीहरुवीचको सम्बन्धमा प्रभाव पार्ने देखिन्छ । प्रधानमन्त्रीले उनीहरुलाई विश्वासमा लिने वा कमसेकम तटस्थ भूमिका राख्न सके भने ‘वामपन्थी’ कित्ताबाट उनीमाथि हुने प्रहारमा कमी आउन सक्ने देखिन्छ ।

नेकपा एमाले, नेमकिपा र राष्ट्रिय जनमोर्चा लगायतका वामपन्थी पार्टीहरु प्रचण्डको विपक्षमा उभिइरहेका बेला पूर्व माओवादी समूहलाई ‘न्युट्रलाइज्ड’ गर्नु प्रचण्डका लागि जरुरी देखिन्छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget