Websoft University

www.radiomakalu.com || 021-522512


चित्तल मारेका आरोपमा पक्राउ

चित्तल मारेका आरोपमा पक्राउ

कञ्चनपुर,भदौ ४ गते ।चित्तल मारेका आरोपमा भीमदत्तनगरपालिका खल्लाका तीन जनालाई वन सुरक्षाकर्मीको टोलीले शुक्रबार पक्राउ गरेको छ ।

इलाका वन कार्यालय ब्रह्मदेवको वन सुरक्षाकर्मीको टोलीले खल्लास्थित सिद्धनाथ मन्दिर आसपासका क्षेत्रबाट मरेको चित्तलसहित तिनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाश कठायत, रतनसिंह बुढा र जगदीश कठायत छन् । इलाका वन कार्यालयका सहायक वन अधिकृत जीवछ यादवले चित्तल मरेको स्थानमा भेटिएका प्रमाणका आधारमा अनुसन्धानका लागि अभियुक्तलाई पक्राउ गरिएको बताए ।

अभियुक्त वन कार्यालयको हिरासतमा राखिएका छन् । सहायक वन अधिकृत यादवका अनुसार खल्लाबाट ब्रह्मदेव आउँदै गएका एक जनाले महाकाली किनारमा फालेको झोलामा चित्तलको मासु भेटिएपछि कर्मचारी परिचालन गरिएको थियो ।

स्थानीयवासीका अनुसार चारदेखि पाँचसम्म बथान बनाएर चित्तल गाउँमा आएपछि कुकुरले लखेट्ने क्रममा मरेको हुन सक्छ ।- रातोपाटीबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget