Websoft University

www.radiomakalu.com || 021-522512


महर नेबिस अध्यक्षमा अत्यधिक मतले निर्वाचित

 

काठमाडौँ, भदौ २ गते  । नैनसिंह महर नेपाली काँग्रेसको प्रभावशाली भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यलाई १२५ मतको अन्तरले पराजित गरी अध्यक्षमा निर्वाचित हुनुभएका अध्यक्ष महर डडेल्धुराको विकट भागेश्वर गाविसमा जन्मिनुभएको हो ।

नैनसिंह महर नेविसङ्घ डडेल्धुराको पूर्वअध्यक्ष तथा डडेल्धुराबाट निर्वाचित काँग्रेस महासमिति सदस्यसमेत हुनुहुन्छ । नेविसङ्घको निर्वाचित केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष रही दुई दशकदेखि राजनीतिमा सक्रिय महर प्रखर वक्ता, रचनात्मक कार्यशैली तथा भद्र व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।

लोकतान्त्रिक आन्दोलनका क्रममा तीन महिना जेल जीवन बिताउनुभएका अध्यक्ष महरले विभिन्न पुस्तक लेख–रचना लेखन तथा सम्पादन गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तथा एलएलबी शैक्षिक योग्यता हासिल गर्नुभएका अध्यक्ष महर राजनीति सँगसँगै स्कुल अफ डेमोक्रेसीको अध्यक्ष समेत हुनुहुन्छ ।

डडेल्धुराबाट नेविसङ्घका चार अध्यक्ष

काँग्रेसको प्रभावशाली भ्रातृ सङ्गठन नेविसङ्घमा मुुलुकको दुर्गम क्षेत्र भनेर चिनिएको सुदूपश्चिमबाट हालसम्म चार जनाले नेतृत्व लिने अवसर पाएका छन् । अझ संयोग भन्नुपर्छ चारैजना अध्यक्षको पुख्यौली घर डडेल्धुरा हो ।

नेविसङ्घको दोस्रो अध्यक्ष बन्नुभएका शेरबहादुर देउवा हाल पार्टीका सभापति हुनुहुन्छ । त्यसपछि काँग्रेस नेता एनपी साउँद नेविसङ्घको सातौँ अध्यक्ष बन्नुभएको थियो । त्यस्तै सुदूपश्चिमकै केशव सिंह नेविसङ्घको १३औँ अध्यक्ष बन्नुभएको थियो भने महर १८औँ अध्यक्ष बन्नुभएको छ ।

सङ्घको ११औँ महाधिवेशनको उद्घाटन गत साउन २३ गते भए पनि निर्वाचन भने भदौ १ गते झन्डै २० घन्टा निरन्तर भएको थियो । आज सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्ष महरले एक हजार ३३४ र उहाँका निकटतम प्रतिद्वन्द्वी आचार्यले एक हजार २०९ मत प्राप्त गर्नुभएको हो ।

त्यस्तै महामन्त्री (दुई पदका लागि भएको निर्वाचनमा) कुन्दनराज काफ्लेले एक हजार ७९४ र सरोजकुमार थापाले एक हजार २९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी दिपक भट्टराईले एक हजार २८६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा शिव रिमाल निर्वाचित हुनुभएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget