Websoft University

www.radiomakalu.com || 021-522512


पहिला देश बचाउन लड्छौं त्यसपछि एजेण्डाको लागि लड्छौंः राप्रपा नेपाल


dilnath giri (3)

काठमाडौं,साउन २७ गते । सरकारबाहिर रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राष्ट्रियता संकटमा परेको दाबी गर्दै त्यसका लागि आफ्नो पार्टीले संघर्ष गर्ने बताएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको राष्ट्रवादी सरकारलाई हटाएर बाह्य चलखेलका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेको दाबी गर्दै राप्रपा नेपालले विदेशी प्रभाव हाबी हुँदा राष्ट्रियता खतरामा पर्ने बताएको छ । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले विदेशी पछिल्लो समय देशमा विदेशी प्रभाव हावी भएको दाबी गर्दै त्यसले राष्ट्रियता खतरामा पर्ने भन्दै देश जोगाउनका लागि आफ्नो पार्टीले संघर्ष गर्ने बताए । पार्टीको स्थापनाकालदेखि नै आफ्नो पार्टीले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विरोध गर्दै आएको उल्लेख गर्दै गिरीले देशको उन्नती हुने सकारात्मक सोचका साथ आफूहरुले राजतन्त्र र हिन्दुराष्ट्रविनैको संविधान स्वीकारेको बताए । तर, आफूहरुको चाहनाविपरित अहिले देश गम्भीर संकटमा परेको उल्लेख गर्दै गिरीले अहिलेको आवश्यकता पार्टीको एजेण्डा स्थापित गर्न भन्दापनि देशलाई संकटबाट मुक्त गराउनु भएको औंल्याए । ‘देश नै संकटमा परेको छ । अहिले राष्ट्रियताको पक्षमा लड्नु जरुरी छ, त्यसपछिमात्रै एजेण्डा पार्टीको एजेण्डा स्थापित गर्र्नतर्फ लाग्छौं’, गिरीले रातोपाटीसँग भने, ‘ राष्ट्रियता भन्दा ठूलो पार्टीको एजेण्डा हुन हुन सक्दैन ।’ फरक प्रसंगमा उनले राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले एकता प्रक्रिया भाँडेकाले दुई पार्टीबीचको एकता प्रक्रिया अन्त्य भएको बताए । यद्यपी एकता पक्षधरसँग भने यो प्रक्रिया अझैं जारी रहेको उनले बताए । - रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget