Websoft University

www.radiomakalu.com || 021-522512


यसकारण हामीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्‍यौः उपेन्द्र यादव

यसकारण हामीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्‍यौः उपेन्द्र यादव

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थन गर्दै आफूहरूका मागबारे सरकारले निकास दिने आषा व्यक्त गरेका छन्।

बुधबार संसद भवनमा बोल्दै उनले भने-

उपेन्द्र यादव

संविधान कार्यन्वयनका विषयमा जुन सहमति भएको छ प्रचण्डको उम्मेद्‌वारको पक्षमा समर्थक भएर उभिएको छु। अहिले दुई पक्ष छ त्यो के मधेस, थारु, आदीवासी वा सिल्पी समुदालयले उठाएका मुद्दा सम्बोधन नगरी संविधान सर्वस्वीकार्य हुन सक्छ न राष्ट्रलाई नै आगाडि बढाउन सकिन्छ। हतार हतारमा बनाउँदै लादिएको संविधानको विरोधमा मधेसी जनताले बलिदान दिएर रक्तरञ्जित संविधान सर्वस्वीकार्य हुनका लागि यसमा संशोधन गरी अगाडि लैजानु छ। यो विगतमा महसुस गरिएन। अर्को पक्ष राज्यको अत्याधिक बल प्रयोग गरी हिंसा हत्या भए त्यसबाट उच्चस्तरीय छानविन आयोग गठन गरी मानवताबादी कानुनको उलंघनबारे छानविनदेखि क्षतिपूर्ति दिने सर्तमा हाम्रो मोर्चाले समर्थन गरेको हो।

मलाई विश्वास छ अब नयाँ सरकार बनिसकेपछि जनतालाई यी प्रतिबद्धता र सहमतिलाई कार्यान्वयन गराउने काम हुने छ। विगतमा भएका धेरै सहमति कार्यान्वयन नगर्ने कल्चरको पुनरावृत्ति हुने छैन भन्ने आशा गरेका छौं।

प्रधानमन्त्रीका उम्मेदवार प्रतिस्पर्धी नभएको खेलमा गोल गर्ने अवस्थामा जुन प्रतिबद्धता व्यक्त भएको छ त्यसमा पालना हुनेछ। मधेस, आदिवासी सीमान्तकृत समुदायले यी मुद्दा समाधान हुने आशा गरेका छन्।

जुन मुलुकमा समस्या चाहे जातीय, भाषिक, क्षेत्रीय समस्या समाधान नगरी राजनीतिक स्थिरता हुन र लगानीको बृद्धि गरी आर्थिक विकास गर्न सकिदैन। यो अवसर हो कि संविधान संशोधन गरी जाने।

अघि हाँसोमा चलेको थियो हिजो ९ महिनाका लागि प्रम भएका प्रचण्ड ९ वर्षदेखि प्रम हुन लागेको पनि फेरि ९ महिनामा नै जाने। यसले समस्या समाधानमा खोजी गर्नुछ।

राष्ट्रिय सहमतिको खोजी गर्दा सफल हुन नसकेको समस्या समाधानमा पहल नगर्दा हो। हामीले गरेको त्रूटिलाई सच्याउने अवसर मिलेको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget