Websoft University

www.radiomakalu.com || 021-522512


नेदरल्याण्ड्ससँग खेल्ने नेपाली टोलीको घोषणा, धमलाको पुनरागमन

Nepali-Cricket-Team

काठमाडौं,साउन १९ गते । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्ड्सविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमलाले पुनरागमन गरेका छन् भने सुवास खकुरेल बाहिरिएका छन् । बेलायत भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका विक्रम शोव टोलीमा छन् ।

उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी पनि टोलीमा अटाएका छन् । राजु रिजाल, करण केसी, अनिलकुमार मण्डल, सन्दिप लामिछाने र राजेश पुलामी पनि टोलीमा छन् ।

अागामी साउन २९ र ३१ गते अाइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत चाैथो चरणका खेलहरू हुनेछन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget