Websoft University

www.radiomakalu.com || 021-522512


लगातार टाउको दुखिरहन्छ ? यी घरेलु उपचार अपनाउनुहोस्


headache
तीब्र रुपमा बदलिएको र भाड दौडले भरिएको जिन्दगीमा टाउको दुखाई एक साधारण समस्या बनेको छ यद्यपी लगातार टाउको दुख्छ भने यसले तपाईंको कार्यक्षमता र तपाईंको पूरै दैनिकीलाई प्रभावित गर्ने गर्दछ ।

टाउको दुखाईको लागि घरेलु उपचारः
आजकाल टाउको दुखाई हरेक मानिसहरुको समस्या बन्ने गरेको छ । यसबाट पार पाउनका लागि मानिसहरु विभिन्न प्रकारको औषधीको सेवन गर्ने गर्दछन् । तर यस्तो समस्यालाई घरेलु तरिकाले पनि ठिक गर्न सकिन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

पुदिनाः
माइग्रेनको उपचारमा पुदिना निकै महत्वपूर्ण मानिन्छ । पुरानो समयमा पनि टाउको दुखाईको उपचारको लागि पुदिना दिने गरिन्थ्यो । यदि तपाईंलाई लगातार टाउको दुखिरहन्छ भने तपाईंले पुदिनलाई चियामा मिसाएर पिउन सक्नुहुन्छ । यसले तपाईंलाई तुरुन्त राहत प्रदान गर्छ ।
ल्वाङ र नुनको पेष्टः
टाउको दुखाईका लागि ल्वाङ र नुनको पेष्ट एक प्रभावकारी उपचार पद्धती मानिन्छ । ल्वाङको पाउडर र नुनलाई दुधमा मिसाएर पिउनुहोस् । नुनमा हाइग्रस्कापिक गुण पाइन्छ जसले टाउको दुखाईबाट आराम मिल्दछ ।
दालचिनी पाउडर पेष्टः
टाउको दुखाईबाट आराम पाउनका लागि दालचिनी पाउडर पेष्ट एउटा राम्रो तरिका हो । उपयोगका लागि दालचिनी पिसेर पाउडर बनाउनुहोस् र यसलाई पानी हालेर बाक्लो पेष्ट बनाउनुहोस् । अब यो पेष्टलाई टाउकोमा लगाउनुहोस् । यसले तपाईंको दुखेर भारी भएको टाउको छिट्टै हल्का हुन्छ ।



कागती र तातो पानीः
लगातार टाउको दुखिरहन्छ भने एक ग्लास तातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । किनभने धेरैपटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ ।
लसुनको रस पिउनुहोस्ः
लसुनको रस पिउँदा लगातार दुख्ने तपाईंको टाउकोले राहत महसुस गर्दछ । यसलाई तयार गर्नका लागि लसुनका केही टुक्रा लिनुहोस् र यसलाई निचोरेर रस निकाल्नुहोस् र कम्तीमा पनि एक चम्चा रस पिउनुहोस् । वास्तवमा लसुन एक पेनकिलर पनि हो, यसले टाउको दुख्न कम गराउँछ ।
धनियाँ, जीरा र अदुवाको रस पिउनुहोस्ः
धनियाँको पात, जीरा र अदुवा राखेर बनाएको चिया पिउनाले पनि लगातार दुखिरहने तपाईंको टाउको कम हुने गर्दछ । यसलाई बनाउनका लागि थोरै तातो पानी लिनुहोस् र यसमा धनियाँ, जिरा र अदुवा यी तीनथरी हालेर पाँच मिनेटसम्म उमाल्नुहोस् । राम्रो परिणामका लागि यसलाई कम्तीमा पनि दिनको दुई पटक पिउनुहोस् ।



तात्तातो मसाला चियाः
लगातार टाउको दुखिरहन्छ भने यसलाई तात्तातो मसाला चियाले राहत प्रदान गर्दछ । यदि तपाईं मसाला चिया बनाइरहनुभएको छ भने त्यसमा थोरै अदुवाका साथै अलैंची पनि हाल्नसक्नुहुन्छ ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget