Websoft University

www.radiomakalu.com || 021-522512


नेताहरु भन्छन्, ‘अख्तियार प्रमुखलाई कसैले महाअभियोग लगाउन सक्दैन’



काठमाडौं, साउन २३ गते ।सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता तथा सासंद रामनारायण विडारीले अख्तियार दुरुपयोग अनुशन्धान दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने भन्नेबारेमा अफवाह फैलाईएको बताउँदै भने,‘यसको कुनै औचित्य, आवश्यकत्ता पनि छैन, यो सस्तो प्रचारवाजी मात्रै हो, कानुनी, राजनैतिक र संवैधानिक रुपमा कुनै आवश्यकत्ता नै छैन् ।’

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद विडारीले अनशन बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि ध्यानाकार्षण पत्रको रुपमा संसदमा दर्ता भएको उल्लेख गर्दै भने,‘डा. केसीको अनशन तोडिएसँगै यो प्रस्तावको औचित्यता नै सकिएको छ, त्यसैले च्याप्टर नै क्लोज भएको विषयलाई अतिरञ्जित पार्ने काम कसैबाट गरिनुहुँदैन् ।’



साक्षात्कारमा विडारीले अहिलेको अवस्थामा उक्त हल्ला चलाईएपनि त्यसको कुनै अर्थ नरहेको टिप्पणी गर्दै भने,‘यो हल्ला मात्रै हो, १२ हात फिँजाए पनि सक्दैन, १३ हातको टाँगाले पनि छुँदैन् ।’ उनले अहिलेको हल्लाले भ्रष्टाचार गर्नेहरुलाई नै सप्ठ्यारो भएको दाबी गरे । उनले भने,‘अख्तियार प्रमुख आयुक्त कार्कीले राम्रो काम गरेका छन्, अहिले हामीले उहाँलाई प्रोत्साहन गर्नुपर्छ, असहयोग गर्नुहुँदैन् ।’

नेकपा एमालेका नेता तथा सांसद डा. वंशिधर मिश्रले निहित स्वार्थ बोकेका संगठित व्यक्तिहरुले अख्तियार प्रमुख आयुक्तमाथि महाअभियोग लगाउनुपर्छ भनेर अफवाह फैलाएको दाबी गरे । मिश्रले भने,‘यो गलत मान्छेहरुको प्रचार हो, महाअभियोग लगाउने भनेर अतिरञ्जित पार्ने काम भएको छ ।’

उनले संसदमा सांसदहरुद्धारा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावको औचित्य समाप्त भैसकेको स्पष्ट पारे । उनले थपे,‘डा. केसी अनशन बस्दा उहाँको जीवन रक्षाको लागि त्यो प्रस्ताव संसदमा लगिएको थियो, उहाँले अनशन तोडेसँगै त्यो विषयको कुनै औचित्य नै छैन् ।’ मिश्रले संवैधानिक निकायलाई अमर्यादित र विवादको घेरामा लैजाने उद्देश्ये यस्तो प्रचार गरिएको आरोप लगाए ।

उनले अहिले आफ्नो पार्टी महाअभियोग लगाउने पक्षमा नरहेको दाबी गर्दै भने,‘हाम्रो पार्टी यो विषयमा अत्यन्तै गम्भिर छ, हामी अहिले महाअभियोग लगाउनेबारेमा सोच्च पनि सक्दैनौं ।’

सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले पनि संसदमा दर्ता भएको ध्यानकार्षण प्रस्तावमात्रै भएको बताउँदै भने,‘यो महाअभियोगको प्रस्ताव हुँदै होईन, फजुलको चर्चा कमाउने काम मात्रै हो ।’

कर्णले अख्तियार मात्रै नभएर मुलुकका विभिन्न संवैधानिक निकायका प्रमुखहरुले केही गलत काम गरे त्यसको निक्र्यौल गर्न संसदीय समिति बनेको र त्यसले नै काम गर्ने स्पष्ट पारे ।

कर्णले भने,‘भ्रष्टाचार निर्मुल पार्नको लागि अख्तियारले अहिले दु्रतगतिमा काम गरिरहेको छ, अहिले त्यसलाई तेजोबोध गर्ने काम कसैबाट पनि गरिनुहुँदैन, त्यसैले हामी मधेशी मोर्चा अख्तियार प्रमुख आयुक्तमाथि महाअभियोग लगाउने पक्षमा हिजो पनि थिएन र आजपनि छैन, यो बेमौसमको बहस हो, यसमा हामीलाई कुनै रुची नै छैन् ।’

फरक प्रसँगमा नेता कर्णले मोर्चाले अघि सारेका मागहरु संविधान संशोधनमार्फत सम्बोधन भएमात्रै मोर्चा सरकारमा जाने स्पष्ट पारे ।

काँग्रेस, नेकपा माओवादी केन्द्र र मधेशी मोर्चावीच भएको तीन बुँदे सहमति कार्यान्वयनको लागि पहल भैरहेको बताए । उनले संविधान संशोधन प्रस्ताव छिट्टै दर्ता हुने समेत दाबी गरे । कर्णले संविधान संशोधनको लागि प्रमुख प्रतिपक्षी दल एमालेलेपनि सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘एमालेको भोट ट्याँक नै तराई हो, मलाई लाग्छ एमाले यो विषयमा सचेत छ,’ उनले थपे ।

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले अख्तियार प्रमुखलाई महाअभियोग लगाउने हल्ला फिँजाएर संवैधानिक निकायलाई कमजोर बनाउने षडयन्त्र भैरहेको आरोप लगाए ।

अध्यक्ष साहले संसदमा दर्ता भएको प्रस्ताव महाअभियोग लगाउने भनेर दर्ता नै नभएको दाबी गर्दै यस्तो गलत र मिथ्या प्रचारले संवैधानिक निकायको गरिमामा आँच आउने टिप्पणी गरे ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget