Websoft University

www.radiomakalu.com || 021-522512


परिणाम देखिने गरी काम गर्नुस् – परराष्ट्रमन्त्री डा. महत




काठमाडौँ, भदौ १० गते । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालय मातहतका सबै कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

मन्त्रीको शपथ लिइसकेपछि आज मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा मन्त्री डा. महतले उपलब्ध स्रोत साधनको बढीभन्दा बढी उपयोग गरी काम गर्न निर्देशन दिनुभएको हो ।

मन्त्रालय मातहतका सबै कार्यका बारेमा नियमित आफूलाई जानकारी गराउन निर्देशन दिँदै मन्त्री डा. महतले नियुक्त भएर जाने सबै राजदूतलाई स्रोत साधनको अत्यधिक उपयोग गरेर काम गर्न आग्रह गर्नुभयो । उहाँले रिक्त बाँकी मुलुकमा पनि छिट्टै राजदूत पठाइने जानकारी दिनुभयो ।

ठूलो सङ्ख्यामा नेपाली कामदार भएका मुलुकबाट स्वदेशमा भित्रिने विपे्रषणलाई कम आँकलन गर्न नहुनेमा जोड दिँदै उहाँले भन्नुभयो – “ती देशमा जाने राजदूतले अरुभन्दा बढी काम गर्नुपर्छ । मानव संशाधन कम भएको छ भने थप्न म पहल गर्नेछु ।”

भारत र चीन दुवै नेपालका लागि महत्वपूर्ण छिमेकी मुलुक भएकाले सुमधुर सम्बन्ध राख्नुपर्ने बताउँदै उहाँले सम्बन्ध थप उचाइमा पु¥याउन पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो – “यो सम्बन्धलाई सुमधुर नगरी राष्ट्रिय अखण्डता, एकता र राष्ट्रिय स्वार्थलाई संवद्र्धन गर्न सकिँदैन ।”

सत्तामा जो आए पनि राष्ट्रिय स्वार्थलाई संरक्षण गर्दै छिमेकीको चासो र चिन्तालाई पनि महत्वका साथ हेर्नुपर्ने उहाँको धारणा थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget