Websoft University

www.radiomakalu.com || 021-522512


न्याय परिषद् विधेयक समितिमा



काठमाडौँ, साउन ३० गते । व्यवस्थापिका– संसद्ले न्यायपरिषद् विधेयक, २०७३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

यसअघि प्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक दफावार छलफलका सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकको प्रारम्भमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रिपरिषद् विस्तारसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

तीन संशोधन विधेयक पेस

अर्थ समितिका सभापति प्रकाश ज्वालाले व्यवस्थापिका–संसद्को आजको बैठकमा तीन संशोधन विधेयक पेस गर्नुभयो । प्रस्तुत विधेयकमा लेखा परीक्षण पहिलो संशोधन, कर्मचारी सञ्चयकोष नवौँ संशोधन र नेपाल राष्ट्र बँैक दोस्रो संशोधन विधेयक २०७१ छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget