Websoft University

www.radiomakalu.com || 021-522512


ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय महिला खेलाडीलाई हिराको हार


रियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने तीन भारतीय महिला खेलाडीलाई हिराको हार दिइने भएको छ। भारतको एनएसी ज्वेलर्सले रियो ओलम्पिकमा शानदार प्रदर्शन गरेको सम्मान स्वरुप पिभी सिन्धु, साक्षी मलिक र दिपा कर्माकरलाई हिराको हार दिने घोषणा गरेको हो।

एनएसी ज्वेलर्सले ब्याटमिन्टन खेलाडी सिन्धुलाई रजत पदक जितेवापत् ९ लाख ६० हजार रुपैयाँ बराबरको, महिला फ्रिस्टाइल रेस्लिङमा कास्य जितेवापत् मलिकलाई ४ लाख ८० हजार रुपैयाँ बराबरको र जिम्न्यास्ट कर्माकरलाई उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मानस्वरुप १ लाख ६० हजार रुपैयाँ बराबरको हिराको हार दिने घोषणा गरेको हो।

रियो ओलम्पिकमा महिला खेलाडीले गरेको उत्कृष्ट प्रदर्शनले गौरवान्वित भएको भन्दै सम्मान गरिएको ज्वेलर्सका प्रवन्ध निर्देशक अनन्त पद्मनभनले बताएका छन्।-
एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget