Websoft University

www.radiomakalu.com || 021-522512


आयोजक ब्राजिल फेरि स्तब्ध

महिला फुटबल कास्य पदक भिडन्त

आयोज ब्राजिललाई हराउँदै क्यानडाले रियो ओलम्पिक अन्तर्गत महिला फुटबलमा कास्य पदक जितेको छ।

शुक्रबार राति भएको खेलमा आयोजक ब्राजिललाई २–१ ले हराएर क्यानडाले कास्य पदक जितेको हो।

क्यानडाको जितमा डिएन रोज र क्रिष्टिन सिनक्लेएरले एक एक गोल गरे।

खेलको २५ औं मिनेटमा गोल गर्दै रोजले क्यानडालाई सुरुवाति अग्रता दिलाइन्। ५२ औं मिनेटमा क्रिष्टिनले क्यानडाको अग्रता दोब्बर पार्दै घरेलु टोलीलाई दबाबमा राखिन्।

ब्राजिलका लागि ७९ मिनेटमा बिएट्रिजले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन।

यसअघि सन् २०१२को लण्डन ओलम्पिकमा पनि महिला फुटबलमा कास्य पदक क्यानडाले फ्रान्सलाई १–० ले हराएको थियो।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget