Websoft University

www.radiomakalu.com || 021-522512


भूकम्पपीडितलाई असोज २ भित्र पहिलो किस्ता

nepal_earthquake

काठमाडौँ, भदौ ११ गते । भूकम्पबाट अतिप्रभावित जिल्लाका अनुदान पाउनयोग्य सबै लाभग्राहीले असोज पहिलो साताभित्र रकम पाइसक्ने दाबी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान रकम उपलब्ध गराउन विशेष अभियान थालेसँगै तीव्र गतिमा रकम उपलब्ध गराइएको मन्त्रालय अन्तर्गतको केन्द्रीय कार्यान्वयन एकाइले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकमा शुक्रबार मात्रै १० हजार भूकम्पपीडितसँग सम्झौता भएको एकाइका प्रमुख गणेशकुमार वस्तीले जानकारी दिनुभयो । शुक्रबारसम्ममा अति प्रभावित जिल्लाका करिब ७१ दशमलव ८८ प्रतिशत पीडितसँग अनुदान सम्झौता भइसकेको छ ।
त्यस्तै अनुदान सम्झौता भएकामध्ये एक लाख ३८ हजारभन्दा बढी पीडितको खातामा अनुदान रकमको पहिलो किस्ताको ५० हजार रुपियाँ जम्मा भइसकेको एकाइले जानकारी दिएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कामकारबाही छिटोछरितो गराउन ‘क्विक रेस्पोन्स टिम’ तयार गरेर जिल्लामा पठाएको छ ।
उक्त टिममा प्राधिकरणका विज्ञ सदस्यहरूले स्थानीय तहमा आएका राजनीतिक समस्या समाधान गर्दै आएको छ भने कर्मचारीको समूहले कार्यकारी तहका समस्या समाधानमा सहयोग गर्दै आएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताउनुभयो ।
भूकम्प प्रभावित गाउँमा अनुदान सम्झौता र रकम वितरणको काम सम्पन्न नभएसम्म गाविस सचिव र अन्य सरोकारवाला निकायका कर्मचारीलाई पनि अन्यत्र जान र बिदा बस्न रोक लगाइएको छ ।
अहिलेको गतिमा काम भए आगामी असोज २ गतेसम्म सबै लाभग्राहीलाई पहिलो किस्ताको रकम उपलब्ध गराइसक्ने दाबी एकाइको छ । यसैबीच ११ जिल्लाका करिब डेढ लाखभन्दा बढीले गुनासो पनि दर्ता गराएका छन् ।
हाल प्राधिकरणले तयार गरेको अनुदान सम्झौता कार्यविधिका कारण धेरै भूकम्पपीडित अनुदान रकम प्राप्त गर्नबाट वञ्चित हुने अवस्था आएकाले कार्यविधि संशोधन गर्ने तयारी पनि प्राधिकरणले गरिरहेको प्रवक्ता थपलियाले जानकारी दिनुभयो ।
अनुदान रकमका लागि लालपुर्जा हुनैपर्ने हालको कार्याविधिका कारण १५ देखि २० प्रतिशत भूकम्पपीडित अनुदान सम्झौताबाट वञ्चित हुने अवस्था देखिएकाले पनि प्राधिकरणले त्यसमा संशोधन गर्न जरुरी महसुस गरेर संशोधनको प्रक्रियामा लागेको उहाँको भनाइ छ ।
उक्त कार्यविधि संशोधन भएमा हालसम्म देखिएका ११ जिल्लाका डेढ लाखभन्दा बढी गुनासो फस्र्योटका लागि सहज हुने विश्वास प्राधिकरणको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget